NRNA Womens' Forum Health Camp 2018

NRNA: महिला फोरमको हेल्थ क्याम्प सिन्धुपाल्चोकमा : संयोजक प्रधान

Hollywood Khabar October 07,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको आफ्नो दिवसको मनाउने अवसर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन्।
 
यसै क्रममा गैरआवासीय नेपाली संघ महिला फोरमले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसमा ९ अक्टोवर २०१८ का दिन निशुल्क स्वास्थ्य शिविर संचलान गर्ने कुरा संघकी महिला संयोजक तथा महिला फोरम प्रमुख रजनी प्रधानले हलिउड खबरलाइ जानकारी दिनुभयो।
 
प्रधानले हाल काठमाण्डौमा रहनु भएका सम्पूर्ण गैरआवासीय महानुभावहरु जो सो शिविरमा भाग लिन हुन इच्छुक हुनुहन्छ सोहि दिन बिहान ६ बजे नागपोखरीमा रहेको सचिवालयमा उपस्थित हुनको अनुरोध गर्नुभएको छ।
 
प्रधानका अनुसार शिविरमा निशुल्क औषधीका साथै स्त्रीरोगका बिशेष गरि पाठेघर (आङ् खस्ने) बिरामीहरुलाई उपल्लो तहको उपचार गर्नको लागि प्रयास समेत गरिने कुरा जानकारी दिनुभयो।
 
सम्पर्कको लागि:
रजनी प्रधान, महिला संयोजक
# 9860398821
 
प्रीति शर्मा, क्षेत्रीय महिला उपसंयोजक ओसेनिया
# 9823384001