-विश्वमा ५४ मिलियन मानिसहरु कोरोनाबाट संक्रमित

विश्वमा ५४ मिलियन मानिसहरु कोरोनाबाट संक्रमित

Hollywood Khabar November 14,2020 Comments

हलिउडखबर, अमेरिका/११/९/२०

नोवेम्बर १५, २०२० PST बिहान १०:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट विश्वमा ५४ मिलियन मानिसहरु संक्रमित भएका छन्।

अमेरिकामा मात्रै १०.८ मिलियन मानिसहरु संक्रमति भएका छन्। त्यसैगरी २ लाख ४५ हाजर मानिसको यसैका कारण मृत्यू भएको छ। एक अनुमान अनुसार अमेरिकामा आगामी मार्च २०२१ सम्म कोभिड १९ बाट मृत्यू हुनेको संख्या ४ लाख ३९ हजार पुग्ने कुरा CNN ले उल्लेख गरेको छ।

यसैबीच अमेरिकाका राष्ट्रिय सरुवा रोग बिशेषाज्ञ चर्चित डा एन्थोनी फाउचीले जुलाई २०२१ सम्म कोरोना संक्रमण अमेरिकामा नर्मल हुने कुरा बताएका छन्। CNN सँगकोको कुराकानीमा उनले आगामी अप्रिल-जुलाई देखि राष्ट्र सामान्यतया सुचारु हुने कुरा बताएका छन्। तर उनले अब आउने भ्याक्सिनले पनि यसमा असर पार्ने र फरक पार्ने कुरा पनि उल्लेख गरेका छन्।