Yahoo र AOL मर्ज गरेपछि Verizon ले २१०० जना रोजगारीबाट हटाउने

Hollywood Khabar June 07,2017 Comments

कृष्ण के सी

लामो समयको कर्पोरेट कसरत पछि Yahoo र AOL दुइ विश्वस्तरका बजार भएका ठूला अमेरिकी कर्पोरेट १३ जुन देखि Verizon Communications Inc मा मर्ज हुँदैछन्।

जुन १३ मा Yahoo लाइ बन्द गर्न $4.5 Billion को डिललाइ जुन ८ मा भएको Yahoo का शेयरहोल्डरहरुको बिशेष बैठकले स्वीकृति दिएको छ। तर Yahoo र AOL को मर्जसँगै २१०० जनाले आफ्नो रोजगारी गुमाउने छन्। 

Yahoo र AOL को मर्जपछि Verizon ले Oath नामको नयाँ डिजिटल कम्पनी बनाउने भएको छ। आगामी शनिवार १० जुनका दिन Oath को विश्वब्यापी ब्राण्डले सो स्थान लिने कुरा AOL का प्रबक्ताले जनाएका छन्। नयाँ कम्पनी Oath का इन्चार्ज AOL का CEO Tim Armstrong हुनेछन भने Yahoo का CEO Marissa Mayer लाइ हालसम्म टिमको कुनै पनि जिम्मेवारी दिने कुरा बताइएको छैन। 

यो मर्ज संगै Yahoo लाइ Altaba Inc को नयाँ नाम दिएको छ। यो नयाँ Altaba Inc ले Yahoo को होल्डिङ् कम्पनीको रुपमा Alibaba (BABA, Tech30) सँगको ठूलो लगानीको लागि कार्य गर्ने कुरा बताइएको छ।