https://www.youtube.com/embed/uh0XXoIhRdk

-भुवन अधिकारीको स्वर र मुस्कान बलम्पाकीको संगीतमा यस्तो माया

भुवन अधिकारीको स्वर र मुस्कान बलम्पाकीको संगीतमा यस्तो माया

Hollywood Khabar February 15,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१६/२०

टेक्सस बस्दै आएका भुवन अधिकारीले यस्तो माया गीत यूट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन्। खासगरी राजनीति र सामाजिक क्षेत्रबाट आएका भुवन अधिकारी राम्रा गायक पनि हुन् भन्ने कुरा धेरैलाई थाहा थिएन। तर उनको स्वर सुन्दा उनि अब्बल दर्जाका गायक हुन्छन भन्ने कुरामा कुनै द्विविदा रहँदैन। मेलोडी गीतको लागि उनको स्वर एकदम मिल्ने कुरा यो गीत सुन्दा लाग्छ।

यस्तो माया गीत प्रकाश स्पर्सको शब्द हो भने यसलाई संगीत मुस्कान बलम्पाकीले गरेका छन्।गीतमा बिष्णु अधिकारीको म्यूजिक एरेन्ज रहेको छ। संगीतकार बलम्पाकी सान फ्रान्सिकोमा बस्दै आएका राम्रो नाम चलेका व्यक्ति हुन्। प्राय भुटानी नेपाली समाजमा उनि धेरै देखिने गरेका छन्। यस्तो माया गीत सान फ्रान्सिस्कोमा रेकर्ड गरिएको हो। गीतका थप कुरा यूट्यूबा पनि हेर्न सकिन्छ।