-अमेरिकाका नेपालीहरुबाट बालसरी राईलाई रू ३,०६,००३ उपचार खर्च सहयोग

अमेरिकाका नेपालीहरुबाट बालसरी राईलाई रू ३,०६,००३ उपचार खर्च सहयोग

Hollywood Khabar September 15,2020 Comments

अमेरिकामा भएका किराँत राईहरुको संयोजन र सहयोगमा नेपाली समुदाय मिलेर बालसरी राई लाई रू ३,०६,००३।-सहयोग गरिएको छ।

तेष्स्यु राईको संयोजनमा उठेको रकम टाउकोमा गम्भीर चोट परि बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको रौतामाई गाउँ पालिका ५, उदयपुर बालसरी राईलाई रू ३,०६,००३।-सहयोग गरिएको हो। उक्त सहयोग संकलनको लागि तेष्स्यु राईको संयोजकमा दिल राई, गणेश राई, विजय राई, प्रेम राई, विजेन्द्र राई, सुजना राई, सम्भु राई, अग्नि राई र केशव राम राईले सहयोग संकलन गर्नुमा पहल गर्नु भएको थियो।

संकलन गरिएको रकम सेप्टेम्बर १, २०२० मा न्युयोर्कबाट केशव राम राईले समाज सेवी भोलामणि हार्तम्छाली राईलाई पठाएको र १५ सेप्टेम्बर २०२० मा किराँत राई यायोक्खाको कार्यालयमा भोलामणि हार्तम्छाली राईले किराँतराई यायोक्खाको केन्द्रीय सभापति दिवस राई किराँतलाई बुझाउनु भयो। दिवस राई किराँतले बालसरी राईको भतिज मोहन विक्रम राईलाई सहयोग हस्तान्तरण गर्नुभयो। कोरोना भाइरसका कारणले गर्दा सम्बन्धित व्यक्ति बालसरी राई उपस्थित हुने सम्भावना नभएको कारणले गर्दा बाल सरी राईले भतिज मोहन विक्रम राई मार्फत सहयोग लिने इच्छा जानकारी गराउनु भएको छ।

कार्यक्रममा किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राईले सहयोग संकलन गरेर पठाउने अमेरिकामा रहेका किराँत राईहरु र सहयोग गर्नु भएका सम्पूर्णमा एक मुष्टमा धन्यवाद ज्ञापन गर्नु भयो। यसैगरी उहाँले बाल सरी राईको स्वास्थ्यलाभको पनि कामना गर्नु भयो। कार्यक्रममा किराँत राई यायोक्खाका केन्द्रीय उपसभापति जिवन हाताचो राई ग्रिन इन्टरनेशनल क्लब (GIC) को उपसभापति सुबि राई र सचिव सम्पदा योङ्ग्या लिम्बूको उपस्थिति थियो।