-Bal Kumari Ghimire

एकादेश कथाजस्तो नहोस् हाम्रो जिन्दगानी

Hollywood Khabar June 17,2020 Comments

बाल कुमारी घिमिरे/६/१८/२०
एकादेश कथाजस्तो नहोस् हाम्रो जिन्दगानी
विछोडको व्यथानहोस् तिम्रोमेरो जिन्दगानी

गुरॉसको फूलजस्तै मनैभरि फुलीरहोस्
सगरनाथा शिखरझै अजम्वरी बनीरहोस्
रंगीचंगी वगैंचाको मालीहाम्रो जिन्दगानी
फूलैफूल चांगवनोस तिम्रोमेरो जिम्दगी

वसन्तका पलुवाझै पीरतीको छालवनोस्
मुटुमुटु जोडाउने गाढानिलो तालवनोस्
कालारात्री चम्काउने ज्योतिहाम्रो जिन्दगानी
पूर्णिमाको जूनबनोस् तिम्रोमेरो जिन्दगानी