https://www.youtube.com/embed/X5ffRg0hZME

-जय जय भोले पशुपती शिव शम्भो, लामो सारी लगाउँदा जीउमा गरम भो

यसपालिको तीज पनि रक मै जम्ने भो मेरै शब्द र सरस्वती भुजेलको स्वर

Hollywood Khabar August 29,2019 Comments

कृष्ण के सी/अमेरिका/८/३०/१९

जय जय भोले पशुपती शिव शम्भो
लामो सारी लगाउँदा जीउमा गरम भो

रक गायिका सरस्वती भुजेलको पहिलो पटकको तीजको गीतले नेपालीहरुको दुनियाँमा तहल्का नै मच्चाएको छ। परंपराको स्वाद भन्दा ऐलेका पारखीहरुलाई फोकस गरेर लेखिएको यसपालिको तीज पनि रक मै जम्ने भो तीजको रक गीत ऐलेको नेपाली समाजमा धेरै चर्चामा पुग्न गयो।

२०१७ मा बजारमा ल्याइएको २ हप्तामा नै गीतले वर्षभरि रेकर्ड भएका ११०० वटा अरु तीजका गीतलाइ पछार्दै टप तीनमा रहन सफल भएको थियो। उसो त यो गीत सामाजिक संजालमा केही व्यक्तिहरुले अन्य नाममा नक्कली भिडियो क्र्याक गरेर पोस्ट गर्दा झनै भाइरल भएको थियो। २०१७ मा नै सोसल मिडिया सबै जोडेर १९ लाख भन्दा धेरैले भ्यू गरेको यो गीत अझै पनि तीजमा बझ्ने गरेको छ ।

बाट बजारमा ल्याइएको गीत एउटा रक प्याट्रनमा गाइएको तीजको गीत हो। प्राय तीजका गीतहरु विरहका हुने र जीवनमा दुरुत्साहि गर्ने खालका हुने गर्थे। त्यो प्याट्रनलाइ चुनौती दिंदै यो एउटा रमाइलो पर्व हो अब रमाएर जिउनुपर्छ भनेर नै मैले शब्द पस्किएको हुँ।

गीतको शब्द म आफै अर्थात कृष्ण के सी, संगीत टंक बुढाथोकीको हो अनि भिडियो निर्देशन/कोरियोग्राफी बिक्रम चौहानको। क्यामेरा/भिडियो इडिट यूवराज खत्रीको। यसका आर्टिस्टहरु-बिपना बस्नेत, रीना थापा मगर, निशा तामांग, मालिका थोकर, सुनिता दोङ्ग, कमल फुंयाल, बाबुराम भुजेल, स्वयम गायीका सरस्वती भुजेल लगायत दुइ दर्जन जति थिए।