-Ek Bahadur Chhetri

अमेरिकाका लागि नयाँ राजदूत डा खतिवडा संकुचित्कारी, भ्रष्टाचार, भष्माशुर व्यक्ति

Hollywood Khabar February 17,2021 Comments

-एकबहादुर क्षत्री, अमेरिका, फेब्रवरी १७, २०२१

अमेरिकाका लागि २४ औं नेपाली राजदूतको रुपमा प्रधानमन्त्रत्री केपी शर्मा ओलीको कृपाले आफनो दललाई समेत विवादमा पारेर नियुक्त भएर गत हप्ता मात्र अमेरिका आएका छन् डा युबराज खतिवडा।

अमेरिकाका लागि नेपाली नयाँ राजदूत डा युबराज खतिवडाले अघिल्ला राजदूतहरु जस्तै अमेरिका र यसका टेरिटोरीहरु र दक्षिण अमेरिकी देशहरु पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पनि गैर-आवासीय राजदूतको रुपमा काम समेत गर्ने छन। यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उनले विश्व बैंक, आइएमएफ र विश्व बैंक समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी पनि समेत बनेका भाग्यशाली अर्थशास्त्री राजदूत राजदूत डा युबराज खतिवडा हुन्।

डा युबराज खतिवडाको चलखेल

  • डा खतिवडा राष्ट्रिय योजना आयोगको गरिमय उपाध्यक्ष पदमा २०६६ सालको जेठमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाको फाइदा लिएर भएका थिए। त्यसपछि सोहि बर्षमा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छाडेर २०६६ सालकै चैत्र ९ मा राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति लिन पुगे। ४ बर्षसम्म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहेर काममा गर्ने भनि नियुक्ति लिई गएका डा खतिवडा त्यो भन्दा तल्लो तहको नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति लिनुलाई अनैतिक नमानेर महान कार्य मान्ने कुरा भएन।
  • उनले आयोगको काम राम्रो नचलाएका मात्र होइन कामकारबाही नै अलपत्र छाडेर राष्ट्र बैंकतिर दौडिए। सायद नेपाल सरकारको मर्यादाको क्रममा समेत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भन्दा राष्ट्र बैङ्कको गभर्नर तल्लो तह होला। तर यिनले व्यक्तिगत र कमाउगतमा त अति उत्तम भएर नै होला गभर्नर पदकै लागि कुदिहालेका थिए। अझै भनौं, उनले योजना आयोगको गरिमय उपाध्यक्ष पद छोडेर दृष्य-अदृश्य आर्थिक लाभको लागि आफ्नो नैतिकताको बलिदान त्यसैबेला दिएका थिए।
  • यति मात्र होइन डा खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको २०७२ सालको ९ महिने सरकारमा राष्ट्रिय योजना आयोगमा अचम्मै रुपमा फर्किए। ५ बर्ष अगाडी राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति हुने भएपछि राजिनामा दिएको योजना आयोगको उपाध्यक्ष पदमा ८-१० महिने कार्यकालका लागि फेरी गर्किए। छोडेको पदमा पदलुप्त भएर सरकारको आयु छैन भन्ने स्पस्ट हुँदा-हुँदै पनि छोडि सकेको पदमा फेरी गए। यो काम उनको लागि गौरव होला तर एउटा विज्ञ र प्रतिष्ठित व्यक्तिको लागि भने अनैतिक थियो।
  • पछि उनलाई राजनैतिक रनौकले तान्यो। गणतान्त्रिक संबिधानको पहिलो चुनाबमा निर्वाचित सांसदहरुलाई पाखा पारेर अर्थमन्त्री खान भ्याए। यति मात्र होइन दोहोरी-दोहोरीकन संबिधानले नै नदिने मन्त्रीपद खोज्नु एकातिर थियो। त्यतिले नभएपछि फेरि ६ महिने अवधिका लागि सांसद पद पड्काइदिए। अनि ६ महिने मनोनित सांसदले अर्थमन्त्री जस्तो मन्त्रीपद लिनु पनि अनैतिक काम नै थियो। एउटा कुरा त सरकारबाट मनोनित सांसदहरुले मन्त्रीपद लिनु पनि अनैतिक नै हो।
  • आफ्नो अर्थमन्त्री कार्यकालमा अनेकौं अनैतिक तरिकाले ३० महिना अर्थमन्त्री खाएर नेपालको अर्थब्यबस्था भद्रगोल गराए। अनि अर्थमन्त्रीको इतिहासमा धेरै मध्ये अर्का एक असफल अर्थमन्त्री सावित भए।
  • त्यो भन्दा पनि लज्जास्पद कुरा त मन्त्रीपद छोडेको एक हप्तामा नै अर्थमन्त्री भन्दा तल्लो स्तरको प्रधानमन्त्रीको सल्लाहकर पद पनि पड्काए। सम्मानको लागि जे जे भनेर सम्मान गरेता पनि काम र प्रकृति त सल्लहाकार नै हो। उच्च बरियताको क्याबिनेटमन्त्री बनेका डा खतिवडाले एउटा प्रेस सल्लाहकार जस्तै मन्त्रीभन्दा धेरै तल्लो तहको पद पनि लिए।
  • त्यसको पनि अर्को १-२ हप्तामा अमेरिकाको राजदूतमा नियुक्ति भएर १-२ हप्ता अगाडी देखी अमरिकामा नेपाली राजदूतको कार्यालय समालेका छन् डा खतिवडाले।

उनीजस्तो उदारवादी ब्यबस्थालाइ संकुचित ब्यबस्थामा लैजाने राजदूत डा खतिवडा कसरी बने त अमेरिका जस्तो उदाबादी अर्थतन्त्र भएको देशका लागि राजदूत ?

  • राजदूत डा खतिवडा २०६६ चैत्रमा राष्ट्र बैङ्कको गभर्नरमा नियुक्ति लिन पुगेका बेला नेपालको बैंक र अर्थतन्त्र बुझेका हुँदा-हुँदै पनि गभर्नर भएर बैंकहरुलाइ अनावश्यक रुपमा नियन्त्रणमा लिएर बैंक उधमीहरुलाई निरुतशाहित गरे।
  • बैंकहरुको सुपरीक्षण गर्ने कडा नीति नियम बनाएर सुपरीक्षण गर्नको साटोमा अदृश्य मोटो रकम लिएर नियुक्ति कर्ता भए। अनि आफनो पार्टीको मूलभूत उदेश्य पुरा गर्ने मास्टर प्लान अनुसार नयाँ बैंक स्थापन गर्न बन्द गराएर। ठूलो लगानी रोजगारी, उधमशिलतामा बन्देज लगाए। अहिले केहि बैंकहरुको संरक्षण गरे फितलो राष्ट्र बैङ्कको सुपरीक्षणबाट अदृस्य रकम असुल गर्ने र आफनो हात पार्ने आफू र पार्टीहरु बाड़ने गरि नीतिगत भ्रस्टाचारमा चुर्लुम्म डुबाए।
  • आम नागरिकको मनमा अनियन्त्रित लगानी रोकेर पारदर्शी बैंक नीति र सो को सुपरिबेक्षण गर्न सजिलै सकिने कुरो थियो। तर यिनले नियतपूर्बक अर्थतन्त्र नियन्त्रण लिंदै फरक बाटोमा लागे। त्यसैको फलस्वरूप बैंकहरुको कार्यकारीको नियुक्ति समेत राष्ट्र बैङ्कको स्वीकृति लिनुपर्ने प्राबधान छिटै देख्न पाइन्छ। यति मात्र होइन अमेरिकी राजदूत भएर अझै पनि उनी बैंक माफियामा संलग्न नै छन्।
  • २०६६ साल तिर टेलिफोनको प्रचुरताले गर्दै निकै बैंकहरु प्रचुरता भएको थियो। देशमा नगदको लेनदेनको आधारमा बैंक ऋणीहरुले ऋण लिएर सहि उपयोग नगर्ने क्रम बढेको थियो। ऋण लिनको लागि जाली योजना लेखा परीक्षकबाट समेत प्रमाणित गरि लगानी डुब्ने गरेको थियो। ति सबैमा कसरी नगदको कारोबारबाट भ्रष्टाचार हुन्छ, बैंक कारोबार गर्ने गराएर भ्रष्टाचार कम गर्न सकिन्छ भन्ने कुराको २० बर्षको बैंकको अनुभवी, गन्यमान्य अर्थशास्त्री भएर जानाजान उनले बैंक कारोबार बढाएर भ्रष्टाचार उल्लेखनिय कम गर्न सकिने ज्ञान हुँदाहुँदै पनि सो को पहल होइन उल्टो काम गरे।
  • भ्रष्टाचार गर्ने सरकारी संयन्त्र मात्र होइन ब्यापारीहरुलाई समेत छुट दिए। भ्रष्टाचार रोक्ने र आर्थिक कारोबार बैंक चेक डेबिट-क्रेडिट कार्ड गर्न प्रोत्सहन गरेनन। डेबिट क्रेडिट कार्डको प्रयोग गर्न आबश्यक पर्ने एउटा गेटवे सफ्टवेरको उच्चारण समेत गरेनन।
  • ठूलो देश जहाँ नेपालीहरुले आफनो बैंक केहि करोड पुँजीमा नै खोल्न पाएका छन्। बैंक सुधारकोको नाममा दक्षिण कोरियाको जस्तै बैंकमा एकलौटी केहि ललिपप दिएर बिरोधि दलका ब्यापारी समुहका नाम मात्रको प्रतिस्पर्धा गर्न सफल व्यक्ति अमेरिकाको होइन दक्षिण कोरियाको राजदूत हुनुपर्ने हो डा खतिवडा।
  • अब प्रश्न उठ्छ कि यिनी जस्ता उदारवादी ब्यबस्थालाइ संकुचित ब्यबस्थामा लैजान १० औं बर्ष देखि लागि परेका संकुचित्कारी ब्यक्ति कसरी बने अमेरिका राजदूत ?

डा खतिवडा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अस्तव्यस्त गराउने भ्रष्टाचारी पनि हुन भन्ने धेरै कारणले प्रमाणित गर्छ।

  • जसरी पहिलो पटक केपी ओली प्रधानमन्त्री हुँदा जस्तो छबि थियो त्यस्तै यिनी अर्थमन्त्री हुँदासम्म बैंकको गभर्नर हुँदाको अर्थब्यबस्था संकुचित गरेको रणनीति प्रकाशमा आएको थिएन।
  • त्यो बेला नेकपा मात्र होइन नेपाल र बिदेशमा सेमत बसेका विज्ञ ब्यक्ति डा खतिवडा भनेर दलभित्र अर्थमन्त्री आकांक्षा गर्ने समेतले माने। उनीहरुले होनोहार व्यक्ति भनि ठाने। त्यो समय सबै उत्शाहित भए। नेपाल देशभित्र मात्र होइन विदेश र अमेरिकाबाट समेत भ्रष्टाचार र अपराध नगद कारोबारको कारण हुनु गएको रु ५०० र रु १,००० को नोट चल्न चल्तीबाट हटाउन सकिन्छ भन्ने धारणा तत्कालिन अन्तरिम संसदमा पेश गर्न लगाएको थियो। यति मात्र होइन नेपाली कांग्रेशबाट टिकट पाउनका लागि होनोहार व्यक्ति ठानिएका डा खतिवडाले नगद कारोबार हटाएर देशको भ्रष्टाचार र अपराध हटाएर दुई तिहाइको केपी ओलीको सरकार निर्मूल गर्छ भन्ने ठान्ने कांग्रेसीको जमात पनि थियो। अनि हतार-हतार फोन पत्ता लगाएर बधाई दिएर इमेल र सेल नम्बर लेनदेन पनि गरे अनि सुझाब समेत दिन पछाडी परेनन।
  • विभिन्न पत्रकार र उपायहरु पनि मिडिया मार्फत प्रकाशित भएका थिए। उनि अर्थमन्त्री नियुक्त भएको एक महिना भित्र दैनिक रु ३० करोड भन्सार चुहावट हुने गरेको सो २/३ महिनामा निर्मूल गर्ने यिनीले भाषण पनि गरे । प्रकाशित प्रेषित सुझाब अनुसार दैनिक रु एक अरबमा रु ३३ करोड भन्सारमा चुहावट, रु ३३ करोड आन्तरिक राजस्वमा चुहावट अनि रु ३४ करोड बजेट खर्चमा हुने अनुमान गरि राखेकोमा अरुले लेखेको सत्तामा आफैले क्रेडिट लिनको लागि जवाफ नदिएर केपी ओलीको पारा सिकेका रहेछन कि भन्ने पनि भयो। भ्रष्टाचार र अपराधमा धेरै आउने नगद कारोबारको रु ५०० र रु १,००० को नोट चलन चल्तीबाट नहटाईकन सम्भब छैन भन्ने उनलाई थाहा थियो तै पनि सो कार्य गरेनन।
  • उनको कामको ८ महिना नपुग्दै अमेरिकाबाट भ्रष्टाचार र अपराध गराउने मंग्त्रीहुन् भनेर दाङ्गका सांसदबाट अलगै कारणले समेत उनि बिरुद्ध माग भएका थियो। यसमा थुप्रै काण्ड थिए। राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड, एन्सेल काण्ड गराउन सहभागी भएका थिए। यसबाट उनले ठूलो रकम आफू र पार्टीमा जाने ब्यबस्था गरेर सबैभन्दा ठूला अपराधीमन्त्री भए।
  • यिनले उनकै पार्टी भित्र पनि लडाई गराउने, टुटाउने समेत थुप्रै गरेका छन्। घुस काण्डले गर्दा पार्टी एकता, चुनाबी घोषणा अनुसारको बचन पुरा नगर्ने गर्दा नै खतरा हुने कुरा र पदको लुछालुछ हुने गरेका छन्। त्यसैका कारण उनको पार्टी अर्को पटक चुनाब हुँदा हार्ने स्थिति बनाए। कोरोनाको बेलामा समेत नागरिकले ठूलो शास्ती भोग्नुपर्यो। नेकपा आफ्नै दल भ्रष्टाचार र अपराधको कारण अस्तव्यस्त गराए।

नोट ध्वस्त नगरेर घरनै ध्वस्त गर्ने व्यक्ति हुन डा खतिवडा

  • डा खतिवडा २०७४ साल फाल्गुनमा अर्थमन्त्रीमा नियुक्ति हुँदा कूल बार्षिक बजेटको २० प्रतिशत (दैनिक रु एक अर्ब ) जति भ्रष्टाचार हुने गरेको थियो। उनको आवगमनपछि त्यो भ्रष्टाचार ३० गुणा घटेर दैनिकबाट मासिक होला भन्ने अनुमान थियो। उनले चाहेको भए सजिलै यस्तो हुन सक्थ्यो तर गरेनन र भएन।
  • त्यसपछि २०७७ सालमा उनले छोडदा आधी नै भ्रष्टाचार बढेर ३० प्रतिशत पुगेको छ। अब उनले स्थापित गरेको यान्त्रिक भ्रष्टाचार यहि रफतारले बढ्दा आगामी नियमित चुनाब २०७९ सालमा ४० प्रतिशत (दैनिक रु दुइ अर्ब) पुग्ने सजिलो आधार बनाए। यसरी उनको पालामा भ्रष्टाचार अत्याधिक बढेको कूरा ट्रान्सपरेन्सी संस्थाले प्रमाणित नै गरिसकेको छ। भ्रष्टाचार गरको कुरा छायाँमा पार्न सो लुकाउन संसद नै भंग गराउने समेत यिनको अर्को सल्लाह पनि एउटा कारक हो।
  • यिनी देश, नागरिक र आफ्नै राजनैतिक पार्टीका लागि सबैभन्दा ठूला दुश्मन हुन्। अर्थतन्त्रमा कति भ्रष्टाचार गरे भन्नको लागि सजिलै थाहा पाउन नसक्ने कुटिल सिष्टम नगद कारोबारको ब्यबस्था कायम राखे। त्यसबाट केपी ओलीलाई रिझाउने भनि उनको समूहभित्र भ्रष्टाचार गर्ने दिने मोटो रकम असुल गर्ने अर्थमन्त्री थिए डा खतिवडा। तर उनले जति भ्रष्टाचार गरे पनि गराए पनि बराहक्षेत्र सुनसरीका कथित आबाल ब्रह्मचारी सिद्धबाबा जस्तै ओभानो भए। अनि अहिले उनि र उनको पार्टीले गरेको भ्रष्टाचारको रकम बिदेशमा गएर व्यवस्था गर्नको लागि अमेरिकाको राजदूत नियुक्त बनाइएका हुन् भन्ने सजिलै बिझिन्छ।

माथि उल्लेखित बुँदा बुंदाको अपराध जोड्ने हो भने माओबादी जनआन्दोलनमा १७ हजार भन्दा धेरै नेपाली मारिएकाले ज्यान मात्र गुमाए त्यसको सजाय कति हुने नेपालको अदालतसँग ब्याख्या र नजिर दुवै छैन। कुनै दिन त्यो पनि आउला तर डा खतिवडाको भ्रष्टाचारको अपराधले त १७ हजारले मात्र होइन सिङ्गो ३ करोड नेपालीले बर्षौसम्म भोग्नु पर्ने घाटाको सजाय हो। यसैले डाक्टर युबराज खतिवडालाई अमरिकाले प्रचण्डलाई भन्दा करोडौं गुणा कठोर बन्देज लगाउनु पर्ने भन्ने हाम्रो अपेक्षा हो। यो बिषयमा अमेरिकी सरकारले पनि राजदूत जस्तो व्यक्तिकाबारे सुक्ष्म अध्ययन गरेरको नै होला। कुनै न कुनै दिन त्यो पनि बाहिर आउला।

-डा युबराज खतिवडा

यिनीसँग गासिएको अर्को मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना पास नहुनुमा पनि छ। परियोजनाको शुरुवात देखि वर्तमान सम्म आम अदृस्य सड्यन्त्रमा रहेका कारण यिनीमाथि बिरोध पनि भएको हो।तर त्यो कुरा ओझेलमा परेता पनि अन्तसम्ममा बाहिर आउला। यिनको नेतृत्व रहेको केपी ओलीको दुई तिहाई सरकार जस्ले भ्रष्टाचारको बुलन्द आवाज सहित भ्रष्टाचार पनि गर्दिन्न भ्रष्टाचारको मुख हेर्दिन्न भन्नेलाई भ्रष्टाचार रोक्ने एक मात्र साधन नोट खारेज गर्नुपर्ने कुरा सिधै रोकेर दृढ दुई तिहाईलाई फितलो एक तिहाईमा पुर्याए।

देशलाई कोरोनको महामारीले थिचिएको बेला उल्टा देश चलाउने पार्टीहरुले शक्ति प्रदर्शनको नाममा आन्दोलनमा धकेलेका छन्। आफ्नो र आफ्नो पार्टीको दृढ १० बर्षे राजनीतिलाई ४ महिने राजदूत समाले। त्यो भ्रष्टाचार धेरै हुने नोट ध्वस्त नगरेर घर नै ध्वस्त गरेका हुन डा खतिवडाले। त्यसैले निजबाट निरुत्साहित हुनु बाहेक अरु केहि आश गर्नु मुर्खता नै हुन्छ। अरु दर्जानु कुरा छन्। पाठको माग भएमा पछि पनि पस्कने छु।