एनआरएनए मार्च महाधिवेशन सुपर हुने, छोडेर गएकाहरु पनि फर्केर आउने

Hollywood Khabar December 20,2023 Comments

कृष्ण के सी, अमेरिका, डिसेम्बर २०, २०२३ 

डिसेम्बर ९ मा मैले “एनआरएनए कानुनी रुपमा एउटा मात्र, अध्यक्ष कुँवर, मार्च २०२४ मा महाधिवेशन तय” भनेर हेडलाइनमा एउटा लेख लेखको थिएँ। त्यसको इम्प्याक्ट यति धेरै भएछकी म आफैं छक्क परेको छु। कतै बैठक बस्नु परेछ त कतै छलफल, कतै भरोसाको स्याखु खुलेछ अनि कतै आशाको दियो जलेछ। 

उसो त म अब्बल दर्जाको लेखक पटक्कै होइन। घोष्ट राइटर राखेर लेख खरिद गर्ने सोखिन त पटक्कै पारिएन।अनि लेख  

पाठकको लागि हो, आफ्नो लागि होइन। लेखेको कुरा कन्ष्टिपेशन निकालेर, नेपाली शब्दकोष खोजेर आजकलको जमानामा कसैले पड्दैन भन्ने मेरो बुझाइ छ। मैले सिकेको छु, लेखकले लक्षितहरुको धाराको पानी पिएर लेख्नुपर्छ। त्यसैले म जे जसरी बोल्छु त्यसैगरी त्यहि भाषामा लेख्ने प्रयास गर्छु। म ठीक छु त्यसो भन्न खोजेको पटक्कै होइन तर यसरी लेख्दा कुरा सबैमा सहजै पुग्छ, यस्तो मलाइ मान्नुछ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कानुनी रुपमा जम्मा एउटा मात्र छ, बाँकी अरु सबै अबैध गुट मात्र हुन्। होटल याक एण्ड यतिमा मार्च २०२२ मा सम्पन्न भएको संघको आधिकारिक १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बिनोद कुँवर हुनुहुन्छ। 

अब ११ औं महाधिवेशन मार्च १६-१७, २०२४ मा कसैले नछानीकन, ननिचोरीकन, नचिमोटीकन, स्मार्टको नाममा अबैध रुपले भेरोले नडामीकन, नबेरीकन तर आफैं स्वतह रुपमा प्रतिनिधि बनेका प्रतिनिधिहरु प्रत्यक्ष रुपमा काठमाण्डौमा उपस्थित भएर सम्पन्न हुँदैछ। त्यसमा सहभागी हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ ढोका खुला गरिएको छ।

यो उद्घोष पछि धेरै देशमा राष्ट्रिय महाधिवेशन गर्ने गति बढेर गयो। मेसेन्जर र व्हाट्सएप कल गर्नेहरु धेरै हुनुभयो। छोडेर गएकाहरु फर्केर आउन छलफल गर्न थाले। फुटाएर जानेहरु पश्चाताप गर्न थाले। लुटेराहरु चक्लाबन्दी गर्न थाले। नयाँहरुलाई बल्ल को सहि र को गलत भन्ने जानकारी हुन थाल्यो।

अब नेपालका राजनैतिक दलका नेताको ढोका धाउनु र अबैध झुण्ड बनाउनु जरुरी छैन। सबैलाई ढोका खुला गरिएको छ। जो-जसले आफूलाइ नेपाल सरकारले गैर आवासीय नेपाली भनेर ब्याख्या गरेको भित्र आफू पर्छु भन्ने दावी छ, उहाँहरु सबैलाई ढोका खुला गरिएको छ। 

केवल अब ४ काम गर्नुहोस: 

१. डिसेम्बर २०२३ भित्रैमा गैरआवासीय नेपाली संघको सदस्य बन्नुहोस्

२. सदस्य बनिसक्नु भएको छ भने मार्च २०२४ मा हुने ११ औं अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि दर्ताको खुल्नै लागेको छ त्यसका लागि तयारी गर्नुहोस।

३. गैरआवासीय नेपाली संघ र यसको महाधिवेशनमा विधिवत रुपमा प्रतिनिधि हुने अधिकार सम्पूर्ण एनआरएनहरुलाई छ। यसका लागि छटानी जरुरी छैन, केवल आफू एनआरएन भएको प्रमाणित गर्नु जरुरी छ। अक्टुवरको सोल्टीको अबैध भेलामा पुगेकाहरुलाइ पनि आफूलाई एनआरएन भएको प्रमाणित गर्नुहुन्छ भने ढोका खुला गरिएको छ। संकुचित र पश्चातापी हुनु जरुरी छैन केवल गौरब गरेर सहभागी हुहुहोस। 

४. आफू प्रतिनिधि भएर नेपाल जाने तयारी गर्नुहोस। केहि जिज्ञासा छन् भने हामीलाई प्रश्न गर्नुहोस।