अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत

Hollywood Khabar May 03,2024 Comments

धेरै पहिले देखि नेपाली कला क्षेत्रमा कामगर्ने सपना बोकेका बिरेन थारू, हाल अमेरिकामा २४ बर्ष देखि बस्दै आएका छन्। उसो त उनि एनआरएनए अमेरिकाका उपाध्यक्ष पनि हुन्। मुख्य पेशा ईन्जिनीयरिङ्ग भएतापनि आफ्नो कलाकारिता प्रतिको इच्छा कहिलै पनि मर्न दिनएनन।

हालै ए कान्छी सुनन बोलको म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन, पुष्कर महतोको गीत र संगीत, गायिका अन्नु चौधरी र गायक पुष्कर महतोको सुमधुर आवाज, प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन र मुख्य अभिनय मुस्कान चौधरी र बिरेन थारूको रहेको छ।