प्रधानमन्त्रीद्वारा बागमती प्रदेश अन्तरपालिका भलिबल प्रतियोगिता उदघाटन

Hollywood Khabar May 05,2024 Comments

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताए। प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने बताए। 

विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाल पालिकालाई प्राथमिकता दिने समेत आश्वाशन दिए। खेलमा ललितपुरको महाँकाल गाउँपालिका-३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ।