रेलै सलल, नयाँ गीत

Hollywood Khabar January 23,2024 Comments

केहि दशक पहिला पनि पल्टनबाट छुट्टिमा आउदा गाउँमा रातमा रोधी बस्ने चलन थियो। बस्तीका सबै जम्मा भएर गएर र नाचेर आधारात बिताउथे। त्यहि झल्को मेटाउने मौलिक सृजना बोकेको रेलै सलल गीत सार्वजानिक भएको छ। बिष्णु शर्माको निर्देशन सम्पादन र सुरेश श्रेष्ठको छाँयाङकनमा रहेको भिडियो ई-नेपाल रोधी घरको युटुब च्यानलबाट सार्बजानिक गरिएको छ। 

मौलिक ठेट भाका र शब्दलाई निकै सरल भाषामा व्यक्त गरिएको गीतको संगित रामेश्वर ढकाल र शब्द बालकुमार श्रेष्ठले गरेका छन। गायक श्याम राना, बालकुमार श्रेष्ठ, रबि कार्कि, गायिका जमुना राना, माया गुरूङ, सीता श्रेष्ठको आबज रहेको गीतको भिडियोमा सुमन परियार, श्याम राना, बालकुमार श्रेष्ठ, रबि कार्की, गायिका जमुना राना, माया गुरूङ, सीता श्रेष्ठ लगायतलाइ देख्न पाइन्छ।