एनआरएनएको ११ औं महाधिवेशनपछि विवाद समाप्त हुन्छ, सपिङ्ग कार्टको अन्त्यभयो

Hollywood Khabar January 27,2024 Comments

कृष्ण के सी, जनवरी २७, २०२४

२००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ पहिलो एक दशक दर्ता बिना नै चलाइयो। २०१३ मा डा. शेष घले अध्यक्ष भएपछि गैरआवासीय नेपाली संघ १० बर्षको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएको थियो।

संघको स्थापनाको अबधारणामा अहिले सम्म नखुलेको रहश्यको कुरा छ, म आज त्यो कुरा पनि खोल्दिन्छु। संघको स्थापनाको लागि पहिलो सोच भूतपूर्व राजा बिरेन्द्र बिर बिक्रम शाहदेवको थियो। दुइ ठुला छिमेकीको अगाडी नेपालको राष्ट्रियता र अखण्डताको सपोर्टको लागि अन्तराष्ट्रिय स्तरमा जीवित नेटवर्क राख्न राजा बिरेन्द्रको भित्री सोच थियो गैरआवासीय नेपाली संघ।

यहाँनेर नेपालका राजनैतिक दलका क्षेत्रबाट गैरआवासीय नेपालीहरुको लागि योगदान दिनुहुनेहरुमा भूतपूर्व प्रधानमन्त्री शुशिल कोइराला र भूतपूर्व सभामुख तथा क्याबिनेट मन्त्री सुवास नेम्बाङ्गको नाम बिर्सन हुँदैन, सम्मानजनक लिनुपर्छ। आम गैरआवासीय नेपालीहरुका लागि रसियन माफियाको प्रलोभनमा परेर संघ फुटाउने दुश्मनहरु मध्ये क्याबिनेट मन्त्री पूर्णबहदुर खड्का र सांसद गगनकुमार थापाहरु पनि छन् त्यो पनि बिर्सनु हुँदैन।

गैरआवासीय नेपालीहरुको संघ दर्ताको अबधि अक्टुवर २०२३ मा पुग्दा समाप्त भएको छ। एनआरएनएका वर्तमान अध्यक्ष बिनोद कुँवरले सर्वोच्च अदालतमा मुद्धा दिएकाले अदालतबाट आधिकारिकताको फैसला नहुँदाको समय सम्म मन्त्रालयले एनआरएनएलाइ नविकरण दिन मिल्दैन र दिएको पनि छैन।

पहिलो दशकको अबधिमा एकल बृहस्पति झुट्टा भनेझैं धेरै काम गर्ने पूर्व अध्यक्ष देवमान हिराचनलाइ काम गर्न नै दिइएन। तर पनि उहाँको पालामा थुप्रै राम्रा काम गरेको रेकर्ड भने छन्। ती मध्ये नेपाल सरकारले दिने “एनआरएन कार्ड” एउटा हो। 

दोश्रो एक दशक एनआरएनएलाइ लुटेराहरुले कब्जा गरेर चलाएको अबधि हो। पूर्व अध्यक्ष डा. शेष घलेको पालामा थुप्रै राम्रा काम भए। गैरआवासीय नेपाली नागरिकता, मध्येपूर्व र मलेसीया जस्ता नेपालीहरुको घना श्रमिकहरु रहेको क्षेत्रको लागि मोबाइल एप लगातका गणनीय कुरा उहाँको पालामा भएको हो। 

यतिमात्र होइन, एनआरएनलाइ एउटा सिष्टममा राख्न डा. घलेले सुरुगर्नु भएको सिष्टमको कुरा पछि “स्मार्ट एनआरएन” भनेर भेरोको डाम्नु बनाइयो। अझै पनि पूर्व अध्यक्षहरु हिराचन र घलेले गर्नुभएका कामहरु एनआरएनहरुको पक्षमा एनआरएनहरुको लागि हुन्, छन् र रहनेछन। प्रश्न उठ्छ, बाँकी अध्यक्षहरुले एनआरएनहरुलाइ दिएको कुराहरु के के छन् कसैको लिष्टमा छ त? 

केहि तथ्यको उजागर र नयाँ जिकिर

१. पूर्व अध्यक्ष डा. उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामीछानको संघलाइ प्रयोग गर्ने हिडन एजेण्डा थियो। डा. महतो एनआरएनएको संस्थापक अध्यक्ष भएता पनि २०१३ पछाडी रिटर्न एनआरएन मात्र हुनुहुन्छ। अर्थात उहाँ वर्तमान समयमा एनआरएन होइन उहाँको एनआरएन स्टाटस समाप्त भएको छ। एनआरएनएबाट उहाँको पिण्डदान भैसक्यो। 

२. पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएलाइ सपिङ्ग कार्ट बनाएर निजी ब्यबसाय बनाउनमा प्रयोग गर्नुभयो। उहाँको सक्कली अनुहार भनेको “दुध पिलाएर पालेको साँप” हो। अर्को भाषामा कैंची मारा अर्थात् स्निकी भन्न सकिन्छ। वर्तमान अध्यक्ष बिनोद कुँवरको पालामा पुग्दा बल्ल एनआरएनए सपिङ्ग कार्टबाट बाहिर आएको छ। डा. महतो र लामिछानेको कुदृष्टि २०२१ देखि ओरालो लाग्दै २०२४ मा पुग्दा समाप्त भएको छ। स्निकी रसियन माफीयाहरुको २०२२ मा सोह्र श्राद्ध गरिएको हो अब मार्च २०२४ मा उहाँहरुको पुण्य तिथि पनि सम्पन्न हुनेछ।

३. पूर्व अध्यक्ष भवन भट्टले संघको खातामा रहेको ५० करोड भन्दा धेरै रकम २०१७ देखि २०१९ सम्मको २ बर्षमा रित्यार नेगेटिभ ब्यालेन्समा पुर्याउनुभयो। जोगी हुने सदिच्छा राख्ने उहाँले संघलाइ टाट पल्टाएर जानुभयो अनि आफू पनि जोगी हुनुभयो। हाम्रो नेपाली परंपरा अनुसार जोगी, मृत ब्यक्ति र शारीरिक रुपमा असक्तलाइ केहि भन्न हुन् भन्ने चलन छ। तर प्रसँग चाहिं यो छ, “पूर्व जोगी भवन भट्ट, वर्तमान जोगी कुल आचार्य अनि भावी जोगीको लाइन महेश श्रेष्ठ, डा. बद्रि केसी र आरके शर्मा हुनुहुन्छ।”

४. पूर्व अध्यक्ष कुमार पन्तले संघको महाधिवेशन समयमा गर्न सक्नुभएन। अक्टुवर २०२१ मा हुनुपर्ने महाधिवेशन मार्च २०२२ सम्म गर्न सक्नु भएन। अन्तत उहाँ असफल हुनुभयो अनि संघलाइ विभाजित बनाएर जानुभयो। उहाँ एनआरएनएको इतिहासमा कलंकित टिका हो। यो मेरो आरोप होइन, भएको सत्य हो, तथ्यले प्रमाणित गरेको कुरा हो।

५. मार्च २०२२ देखि आधिकारिक रुपमा सम्पन्न एनआरएनएको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा बनेको नेतृत्वले काम गर्दैछ। डा. उपेन्द्र महतो, देवमान हिराचन, जिबा लामिछाने, डा. शेष घले, भवन भट्ट, कुमार पन्त हुँदै बिनोद कुँवर सम्म पुग्दा ७ जना अध्यक्ष हुनुभएछ। पूर्व अध्यक्षहरु महतो र लामिछाने स्वार्थी र पापी, पूर्व अध्यक्ष भट्ट संघ र आफ्नो जीवन दुवैमा जोगी, पूर्व अध्यक्ष पन्त असफल र कलंकित।

६. वर्तमान अध्यक्ष बिनोद कुँवरको पालामा पुग्दा संघ रिब्राण्डिङ्गको अवस्थामा पुगेको छ। त्यसैले यो पटकको थिम नै रिब्राण्डिङ्गको रहेको छ। अब ११ औं महाधिवेशन मार्च १६-१७, २०२४ मा हुँदैछ। यो महाधिवेशनपछि संघमा रहेका सबै विवाद समाप्त हुनेछन।

७. कपट र पावर ब्रोकरका कारण १० औं महाधिवेशनबाट भागेर गएका समूहको अस्थित्व समाप्त भएको छ। भगौटाहरुका नेता कुल आचार्य हराउनु भयो। महेश श्रेष्ठ जिवाका बिजनेश पार्टनर भएकाले उतै फर्कनुभयो। अहिले उहाँ गायब भएको स्थिति हो। बाँकी रहेका केहिको कुनै अर्थ छैन। दुइचार दिन घुमाउँछन्, बक्तब्यले कुनै अर्थ राख्दैन, एमालेका गुण्डाले सधैं धान्दिदैनन। अब परराष्ट्रमन्त्री फेरिने पक्का-पक्कि कुरा आएको छ। त्यसपछि भगौटा र रजौटाहरुको पनि पठ्याङ्गी पुजा हुनेछ। अनि बाँस र बाँसुरी दुवै सखाप।

८. संघलाइ सपिङ्ग कार्ट बनाउन र आफ्नो निजी स्वार्थको लागि संघ कब्जामा लिएर जाने लुटेरा डा. बद्रि केसी गुटको अस्थित्वमा अदालतले प्रश्न उठाइसकेको छ। आधार मागेको छ, आधार मन्त्रालयसंग छैन, फैसला बाँकी छ। उहाँहरु लागि पछि आउने फेहरिस्त नै तयार छ।

९. यी भगौटा र रजौटा दुवै गुटले अध्यक्ष बिनोद कुँवरसंग नेपाल सरकारका प्रधानमन्त्रीको रोहबरमा गरेको संझौतालाइ पनि लंगौटी लगाए। त्यसैले पाप धुरीबाट कराउँदै आएको छ।

१०. भर्खरै परराष्ट्र मन्त्रालयले एनआरएनएको नयाँ दर्ताबारे अर्को निर्णय गरेको अवस्था छ। भलै त्यसलाई रोक्न एक हुल लुटेरा र भगौटा कानुन ब्यबसायी सहित मन्त्रालय पुगेका थिए। अदालतको फैसलाको अगाडी उनीहरुको केहि लागेन।

११. अक्टुवर २०२३ पछि बिश्वो भरिका एनआरएनहरुले भगौटा र लुटेरा दुबैलाई साथ् दिएनन। उनीहरु चुप बसेको अवस्था छ। धेरै त यो पटक मार्चमा संघको ११ औं महाधिवेशनमा नेपाल आउँदै छन्। अर्का पक्ष उनीहरुलाइ रोक्न लागि परेका छन्।

१२. अर्कोतिर संघको ११ औं महाधिवेशन भब्य, सभ्य र अपूर्व सफल हुने तयारी भएको छ। यो पटक नेपाल सरकारले ब्याख्या गरेका भित्र पर्ने एनआरएनहरु सबैलाई महाधिवेशनमा प्रतिनिधि हुन आमन्त्रण गरिएको छ।

१३. महाधिवेशनले थुप्रै निर्णय गर्नेछ। त्यहाँ स्वार्थ र कब्जा अनि राजनैतिक पार्टीको पक्ष-विपक्ष हुनेवाला छैन। टिकेट मागेर गफ दिन आउने जनसम्पर्क र प्रवासी मंच त्यहाँ हुनेछैन। केवल एनआरएनहरु मात्र हुने यो महाधिवेशन अर्थपूर्ण छ। त्यसपछि संघका बाँकी रहेका सबै विवाद समाप्त हुनेछन। केहि एक्शनपछि धमिलो खोला पनि संग्लो भएर बग्नेछ।