दशैंका लागि दैनिक १५ वटा उडान थप, आठसय यात्रुलाई सहज

दशैंका लागि दैनिक १५ वटा उडान थप, यात्रुलाई सहज

Hollywood Khabar September 30,2021 Comments

नजिकिएको दशैं र तिहारमा यात्रुको चाप हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक १५ वटा उडान थप गरेको छ । विमानस्थलले अक्टोवर महिनाका लागि पाँच वटा साना जहाज र १० वटा ठूला जहाज गरी दैनिक १५ वटा उडान थप गरेकोका विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । 

पहाडी क्षेत्रमा उडान गर्ने तारा, समिट, नेपाल एयरलाइन्स र सीता एयरलाई समेतलाई दैनिक पाँचवटा थप गरेको छ भने सुविधा सम्पन्न क्षेत्रमा उडान भर्ने एटिआर७२ स्तरका ठूला जहाजका लागि दैनिक १० उडान थप गरेको शेर्पाले जानकारी दिए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक ११५ उडान गर्दै आएको थियो ।

अक्टोवर महिनादेखि दैनिक १३० वटा अराइवल र १३० वटा डिपार्चर गरी दैनिक २६० वटा उडान हुने भएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । सुगम क्षेत्रमा पछिल्लो समय ठूला जहाजहरु ७२ जना यात्रु बोक्न सक्ने क्षमताको एटिआर ७२, ६० जना यात्रु बोक्न सक्ने सिआरजे ८० जना यात्रु बोक्न सक्ने ड्यास मोडलका जहाजहरुले सेवा विस्तार गरेसँगै उडानको संख्यामा कमी आएको छ । विमानस्थलले दैनिक थप गरेको १५ उडानले दैनिक ८०० जना भन्दा बढी यात्रु आवतजावत गर्न सक्ने विमानस्थलले जनाएको छ ।