हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रतिवद्धता

Hollywood Khabar April 11,2024 Comments

विक्रम सम्बत् २०८१ को सुभारम्भसँगै परोपकारी सँस्था हेड्स नेपालले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम समुदायस्तरमा लैजाने भएको छ ।

वि.सं २०८१ को पूर्वसन्ध्यामा बनस्थली, काठमाडौँमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रम र मानसिक स्वास्थ्य सम्बन्धी विचारशाला कार्यक्रमका वीच युवा र वयस्कलाई लक्षित सामुदायिक सचेतना कार्यक्रम घोषणा गरिएको हो । सो अनुसार वागमती र गण्डकी प्रदेशका समुदाय र विद्यालयमा स्थानीय तहको सहभागितामा सचेतनामूलक कार्यक्रम र सेसनहरु सञ्चालन गरिनेछन् । 

आत्महत्या रोकथाममा म प्रतिवद् छु  भन्ने चेतना बस्ती बस्तीमा लैजान स्वयंसेवकहरु तयार गर्ने संस्थाको प्राथमिकता रहेको महासचिव दिव्यराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः जोखिम अवस्था र व्यवहार हेर्ने, व्यक्तिका समस्या तथा कथाहरु सुन्ने र आत्महत्याका सोंचभएका लाई सहयोगी निकायसँग जोड्न प्रयत्न गरिने छ ।  

मनोसामाजिक सहजकर्ता टिकाराज पौडेलले मानसिक स्वास्थ्यका विभिन्न पक्षहरुमा प्रस्तुती गर्नुभएको थियो । शुभकामना तथा मानसिक स्वास्थ्य चेतना विचारशाला कार्यक्रमको अध्यक्षता सँस्थाका अध्यक्ष दिलीप देवकोटाले गर्नुभएको थियो । स्वास्थ्य, शिक्षा, कृषि र विपद्को क्षेत्रमा सक्रिय हेड्स नेपाल  ३० वर्ष अघि स्थापना भएको हो।