इलाम-२ को प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) को प्रदेश सभा सदस्यका लागि बैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो।
उम्मेदवारहरुको मनोनयन दर्ता बिहान १० देखि ५ बजेसम्म हुनेछ। आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।
इलाम क्षेत्र-२ मा सत्ता साझेदार दल नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ। नेपाली कांग्रेसले डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!