रूपान्तरण!

Hollywood Khabar April 10,2024 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, अप्रिल १०, २०२४

क्रान्तिलाई
शान्तिमा रूपान्तरण गर्न
बगरेहरू -
दाम्लाले कसिएका
कराइरहेका / चिच्याइरहेका
कान खाइरहेका
खसी बोकाहरूलाई
अग्रपङ्तिमा ल्याई
गर्दनमा खुकुरीको उपहार चढाएर
आरामले सुत्ने अवसर प्रदान गर्छन् !!
x x x
काम न काज कुर्लिरहेका
हाम्रा मन्त्रीहरू !
आफ्नो नियतिलाई बिर्सिएर
आश्चर्य !
यो दृश्य देखेर पनि
किन नदेखे झैँ
गरिरहेका होलान् !?

**तीर्थराज अधिकारीका अरु कविता**