-Tirtha Raj Adhikari

लोभिँदा लोभिँदै

Hollywood Khabar December 20,2022 Comments

-तिर्थराज अधिकारी,गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, डिसेम्बर २१, २०२२

सिकारीका मीठा गीतमा लठ्ठिँदै
आनन्द लिएर
आँखा चिम्लिँदा- चिम्लिँदै
तिनकै गोलीले
प्राण गुमाउँछन् - मृगहरू !

निकै चम्किला देखेर
बलिरहेका बत्तीमा
झुम्मिँदा- झुम्मिँदै
त्यहीँ जलेर
निष्प्राण बन्छन् - पुतलीहरू !

मीठो आहाराको लोभमा
बल्छी नै निलेर
त्यसैमा अल्झिँदा-अल्झिँदै
प्राण रित्तिन्छन् -माछाहरू !

फूलको मीठो रस चुस्दा-चुस्दै
फूलका पत्रहरूमै च्यापिएर
प्राण गुमाउँछन्- भमराहरू !

धरापभित्रका
आहारामा लोभिँदा-लोभिँदै
थाहै नपाई
त्यही धरापमा पर्छन्
र,
निर्दयी क्रूरपञ्जाले
छोपिन्छन् - चराहरू !!

**तीर्थराज अधिकारीका अरु कविता**

होसियार !!

आकाशसँग

वास्तविकता

जङ्गल

मेरा माटाका विम्बहरू

चमेराहरू

पीपलका पातहरू

जगत् चिडियाखाना

जगत् चिडियाखाना

उभिएकै छन्-बिचरा बुख्याँचाहरू

आफन्त

तिमी खुसी नै छौ

आगो उसै जन्मिँदैन

उस्तै-उस्तै रूपहरू

माया, नाता र आफन्तहरू

लिफ्टबाट झर्दै

कलाकार नेताहरू

मेरो प्रजातन्त्र

नवजीवनको प्रतीक्षामा

डाक्टर साहेब

यसरी उठ्छ यथार्थ

बुद्धिजीवी:अनौठो किंवदन्ती

भीमोदय

पानी

पाठशाला कता खोजौॅं

आज नेपाल बन्द छ ! (४)

आज नेपाल बन्द छ- ३

आज नेपाल बन्द छ- २

आज नेपाल बन्द छ-१

मकैका फूलहरू

सपनामा हराएको बिपना

बोटको अठोट

भलिबल

भ्रमजाल

भेडा र गोठालाहरू

सत्ता

के प्रयोजन

स्वतन्त्रता !

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ

सलाम मुटुका मालिकहरूलाई

घडीको टिकटिक

बग्गीका घोडाहरू

असहमति

जडमूर्ति

सलाम मुटुका मालिकहरूलाई

छाया

वाणीपुत्र ! महाकविमा समर्पित