एमाले  नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहेरी

Hollywood Khabar April 07,2024 Comments

नेकपा एमाले पार्टीका चर्चित मानिएका नेता तथा केपी ओलीका धेरै मध्येका एक डन महेश बस्नेत विरुद्ध एक जना महिलाले बलात्कार गरेको अभियोगमा काठमाण्डौ प्रहरी समक्ष किटानी जाहेरी दिएकी छन्।

जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले बताएको भन्दै अनलाइनखबरले समाचार सम्प्रेषण गरेको छ। समाचारमा सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको भनिएको छ।

जाहेरी प्राप्त पछि काठमाण्डौ प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ। केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि झुक्याएर बलात्कार र गर्भपतन गराएको पीडितको दाबी छ। हुन त यस्तै प्रकृतिको अन्तरिक दावी युवा संघमा हुँदा आएको थियो। त्यसलाई उनले न्यायिक निवेदन सम्म पुग्न नै नदिएर सेटिङ्ग गरेर दबाएको नजिर भएको कुरा एमाले निकटले बताउँछन्।