-तीर्थराज अधिकारी,गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, अप्रिल २१, २०२२
पार्टी प्रवेश चल्दै छ उताबाट यतातिर
यताबाट उता उस्तै रमिता छ बराबर
दशैँका खसीका भाउ यिनका सामु मन्द छ
हेर टावरमा चढ्दै आज नेपाल बन्द छ ।१५।
खुल्न थाल्यो नयाँ भर्ना शिक्षालय सबैतिर
देऊ चन्दा भनी धर्ना हुन थाल्यो त्यतैतिर
मोजमस्ती यिनैको छ , अरूको मुख बन्द छ
पाखुरेको चली राज आज नेपाल बन्द छ ।१६।
गठबन्धन गाँठोमा गाँठै गाँठ कमाउन
लागे स्वाँठहरू मिल्दै देशै भष्म गराउन
दिन्छन् चुनावका नारा इच्छाको भोट बन्द छ
लाग्दा विवेकमा ताल्चा आज नेपाल बन्द छ ।१७।
चलेन देश यो गाडी मापसे गर्छ चालक
जति फे~यो सबै उस्तै कुनै भेटिन्न लायक
कुन तन्त्र यहाँ फुल्छ ? जे ल्यायो अभिशाप छ !
छायाले प्रभुले छोप्दा आज नेपाल बन्द छ ।१८|
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान, बिस्तृतमा
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उमेश तामाङ पक्राउ