-Tirtha Raj Adhikari

फूल र आगाका रूपका मान्छेहरू

Hollywood Khabar March 09,2023 Comments

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट हाल सरस्वतीनगर, काठमाडौॅं ६, मार्च १०,२०२३

 

माथि हिमाल मुस्कन्थे तल गुराँस जङ्गल

झरना काखमा च्याप्दै बग्दथे नदीका जल

आङमा घामले पोल्दा हम्कन्थे वर-पीपल

जरुवा मुखले प्यूँदा थपिन्थ्यो ज्यानमा बल ।१।

 

ढुङ्गा माटा जरा थुम्का सिरानी नीदका थिए

गाई चराउने खेल्ने दौँतरी दिलका थिए

आफ्नै भेष थिए प्यारा थिए सुन्दर कन्दरा

कुलो काटी सिँगारेका राम्रा थे धानका गरा ।२।

 

गँगटा , पतेरा मुसा , सलह र झुसिल्किरा

थिए यी यिनका शत्रु थिए क्यै भेलका कुरा

असिनाबाट तर्सिन्थे पसिना लुट्छ कि भनी

आफ्नै संसार थ्यो प्यारो खुला आकाशको मुनि ।३।

 

मेला पर्म मिली गर्थे मान्छे हुन्थे सधैँ सँगै

मेलमै चल्दथ्यो काम रिस- राग थिएन क्यै

श्रमका पसिना पग्ली लेक बेँसी भिजाउँथे

सिमेभूमे पूजा गर्दै हाँसी खेली रमाउँथे ।४।

 

जुट्थे मानवता नाता जन्ती पर्व मलाममा

आँसु हाँसो सबै बाँड्थे कोही पर्थेन मारमा

पुर्खाको पदको माटो आ-आफ्नै साथमा थियो

घरभित्र दियो बल्थ्यो खलामा जम्दथ्यो मियो ।५।

 

उज्यालो धर्तीमा खस्ता शिर आफ्नो उठाउँथे

रोपाइँ दाइँमा जुट्दै गाँस आफ्नो जुटाउँथे

चरा चिर्बिरले खेल्ने स्वर्गजस्तै थियो धरा

दुर्भाग्य ! यसमै आज पलायो विषको जरा ।६।

 

न फुल्ने फूल स्यूरेर शिरमाथि घमण्डको

आगाका रूपका मान्छे बल्न लागे विचित्रको

दन्दनायो पूरै बस्ती उड्न लागे सबै चरा

चर्को क्रन्दनले चर्के मान्छेका कानका जरा ।७।

 

प्यारो यो गर्विलो माटो बोक्थ्यो शालीन शिष्टता

सकेनन् फूलले थाम्नै उग्र ज्वाला अशिष्टता

अनन्त ऋतुको चक्र ग्रीष्म ढल्ला कुनै दिन

उम्लिएर तलै खस्ने जल हो हेर ! जीवन ।८।

**तीर्थराज अधिकारीका अरु कविता**

अर्थ/अनर्थ

प्रतीक्षा

काल-कर्म

लोभिँदा लोभिँदै

होसियार !!

आकाशसँग

वास्तविकता

जङ्गल

मेरा माटाका विम्बहरू

चमेराहरू

पीपलका पातहरू

जगत् चिडियाखाना

जगत् चिडियाखाना

उभिएकै छन्-बिचरा बुख्याँचाहरू

आफन्त

तिमी खुसी नै छौ

आगो उसै जन्मिँदैन

उस्तै-उस्तै रूपहरू

माया, नाता र आफन्तहरू

लिफ्टबाट झर्दै

कलाकार नेताहरू

मेरो प्रजातन्त्र

नवजीवनको प्रतीक्षामा

डाक्टर साहेब

यसरी उठ्छ यथार्थ

बुद्धिजीवी:अनौठो किंवदन्ती

भीमोदय

पानी

पाठशाला कता खोजौॅं

आज नेपाल बन्द छ ! (४)

आज नेपाल बन्द छ- ३

आज नेपाल बन्द छ- २

आज नेपाल बन्द छ-१

मकैका फूलहरू

सपनामा हराएको बिपना

बोटको अठोट

भलिबल

भ्रमजाल

भेडा र गोठालाहरू

सत्ता

के प्रयोजन

स्वतन्त्रता !

राजनीतिका जुवाडेहरू

कवि र दुनियाँ

सलाम मुटुका मालिकहरूलाई

घडीको टिकटिक

बग्गीका घोडाहरू

असहमति

जडमूर्ति

सलाम मुटुका मालिकहरूलाई

छाया

वाणीपुत्र ! महाकविमा समर्पित