आसन्न १० औं राष्ट्रिय महाधिवेसनका कारण नुवाकोटमा नेकपा एमालेको महाधिवेसन सरगर्मी वढेको छ । महाधिवेसनका लागि आवस्यक भन्दा धेरैले विहीवार उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेसनका लागि नुवाकोटवाट १६ जना प्रतिनिधि आवस्यक रहेकोमा त्यसको पचवर वढि अर्थात् ७९ जनाले उम्मेदवारी दिएका छन् । विदुरस्थित पार्टी कार्यालयमा रहेको महाधिवेसन प्रतिनिधि निर्वाचन समितिका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता गर्न चाहनेले फिर्ता गर्दछन् भने शनिवार महाधिवेसन प्रतिनिधिका लागि निर्वाचन तय गरिएको छ ।
१२ स्थानीय तह रहेको नुवाकोटमा दुई वटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश क्षेत्र रहेको छ । म्हिला, दलित तथा खुल्ला गरेर नुवाकोटको दुई वटा निर्वाचन क्षेत्रमार्फत १६ जनामात्रै प्रतिनिधि आवस्यक रहेकोमा क्षेत्र नं. १ र २ मा गरि ७९ जनाले उम्मेदवारी दिएका छन् । ६ जनामात्र महिला आवस्यक रहेकोमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना दलितका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
नुवाकोटमा नेकपा एमालेका संगठित सदस्यहरुका आधारमा महाधिवेसन प्रतिनिधि चयन गरिने भएको हो । नुवाकोटमा आठहजार नौसय ३६ जना संगठित सदस्य रहेका छन् । महाधिवेसमा जान प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकाहरुलाई संगठित सदस्यहरुले मतदान गर्नेछन् । यसैवीच, प्रमुख प्रतिपक्षि नेकपा एमालेको विभिन्न स्थानीय तहमा अधिवेसन गरेर नयां नेतृत्व चयन गर्ने कार्य भइरहेको छ ।
यस्तै, बुधबार सम्पन्न नेकपा एमाले बेलकोटगढी नगरपालिकाको प्रथम अधिवेसनले अध्यक्षमा रुपा सापकोटालाई चयन गरेको छ । अधिवेशनले सापकोटाको नेतृत्वमा निर्विरोध रुपमा नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षहरुमा भोजप्रसाद पुडासैनी र पशुपति लोहनी चयन भएका छन् । एमाले नगर कमिटिको सचिवमा अनन्तराम नेपाल र सह–सचिवमा नारायण खनाल, सरस्वती तिवारी, जयन्ती तामाङ, बासुदेव गजुरेल र गेहेन्द्रबहादुर न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । एमालेले नुवाकोटका १२ मध्ये १० वटामा अधिवेसन सम्पन्न गरिसकेको छ ।
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...