-डे लाइट सेभिङ्ग इण्ड आइतबार राती, फल ब्याक समय १ घण्टा पछाडी सर्ने

डे लाइट सेभिङ्ग इण्ड आइतबार राती, फल ब्याक समय १ घण्टा पछाडी सर्ने

Hollywood Khabar November 06,2021 Comments

विश्वोका करिव ७० देशले डे लाइट सेभिङ्गको लागि समय १ घण्टा अगाडी र पछाडी गर्ने गर्दछन। अमेरिकामामा स्प्रिंङ्ग र फल अर्थात मार्च र नोवेम्वरमा समय परिवर्तन गर्ने गरिएको छ। ठुला औद्योगिक देश मध्ये भारत, चाइना र जापानले भने समया परिवर्तन गरेका छैनन।

अफ्रिकाका इजिप्ट, नामिविया र ट्यूनिसीयामा अप्रिल र सेप्टेम्बर समय परिवर्तन गर्ने गरिएको छ। एशियाका बंगलादेश, इराक, इजरेल, जोर्डन, लेबनान, मंगोलिया, प्यालेष्टाइन क्षेत्र र सिरियामा पनि समय परिवर्तन गर्ने गरिएको छ। अष्ट्रेलिया, तस्मानिया, फिजी, न्यूजिल्याण्ड , टाङ्गा लगायत क्षेत्रमा समय परिवर्तन गरिन्छ।

नर्थ अमेरिकाका अमेरिका, क्यानाडा, क्यूवेक, बिसी, बर्मुडा, ओण्टारियो, सेन्ट जोन, बहामा, टर्क्स, काइकोस, क्यूवा, ग्रीनल्याण्ड,ग्वाटेमाला, मेक्सिको, निकारागुवा, यूएस डोमिन आइल्याण्डमा समय परिवर्तन गरिन्छ। भने दक्षिण अमेरिकाका अर्जेन्टिना, ब्राजिल, इक्वेतोरिया, चिली, फल्क्ल्याण्ड, पारागुवा, उरुगुवामा समय परिवर्तन गरिन्छ। त्यसैगरी युरोपियन युनियन, रसीय र बेलायतमा समय परिवर्तन गरिन्छ।

यो बर्ष अमेरिकामा नोवेम्वर ७ आइतबार राति २ बजे समय पुन १ घण्टा ब्याक गरेर १ बजे बनाइन्छ। यसलाई फ्यान्सी वेमा स्प्रिङ्ग फरवार्ड फल ब्याक भन्ने गरिन्छ। स्प्रिङ्गको समय स्टण्डर्ड हो भने फलको समय समायोजित हो। २००७ देखि यसलाई मार्च दोश्रो आइतबार र नोवेम्वरको पहिलो आइतबार परिवर्तन गरिने गरिएको छ।

डेलाइट सेभिङ्गको सुरुवात अमेरिकी राष्ट्रपति बेन्जामिन फ्रान्कलिनले १७८४ मा सुरु गरेका हुन्। अमेरिकाका ४९ राज्यमा समय परिवर्तन गर्दछन भने एरिजोना, हवाई रे केहि डोमिन आइल्याण्डमा समय परिवर्तन गरिंदैन। हाल यसलाई विश्वोका ७० भन्दा धेरै राष्ट्रहरुले गर्नेगरेका छन।