-शान्ता सापकोटा खनाल, आरुघाट, गोरखा/१०/२/२०

गजल:पोल्छ उसैगरी मलाई

Hollywood Khabar October 01,2020 Comments

जसरी पोल्छ तिमीलाई पोल्छ उसैगरी मलाई
छैन जमाना गर्ने मरिमेटी अरूको भलाइ ।

जोरी खोज्छ, निहुँ खोज्छ, दुखाउँछ टाउको
पीडा छ कति कति, दुख्छ गई भनौँ कसलाई ?

व्यर्थै खेल्छ सिँगौरी, बनाउँछ आँखा राता
पीडा थप्ने रहर छैन अरिङ्गाललाई यसै चलाई ।

आत्मा राख्यो साक्षी, घुँडा धसी ग~यो काम
सत्य कुनै कुरै हुन्न, खेती खान्छन् झुटो फलाई ।

बाटो रोजौँ सत्कर्मको, बाँचौँ आफ्ना दिन भन्दा
धस्छन् छुरी अनि भन्छन्- पर्खेस् छोड्छु कहाँ तँलाई !!