गल्फ अफ ओमानमा क्रुड आइल ट्याङ्गकर माथि आक्रमण भएको छ। हाल सम्म पनि किटान नभएको उक्त आक्रमणले दुईवटा ट्याङ्करमा क्षति पुगेको बताइएको छ।
जुन १३, २०१९ मा ट्याङ्गकरमा आक्रमण हुँदा बिस्फोट र आगलागी समेत भएता पनि कुनै पनि मानविय क्षति भने नभएको बताइएको छ। सिएनएनका अनुसार आक्रमणपछि ट्याङ्गकरमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ।
अमेरिकाका सेक्रेटरी अफ स्टेट Mike Pompeo ले सो आक्रमणमा इरानको हात रहेको आरोप लगाएका छन्। सो आक्रमण गत मे महिनामा अमेरिकासँग बढेको दुरीपछि इरानले गरेको आरोप लगाइएको छ। अमेरिकी आरोपमा इरानी डुंगामा आएका मानिसहरुले बिस्फोट नभएका पदार्थ जम्मा गरेको भिडियो भएको दावी पनि गरिएको छ।
सिफारिस
केप कड नेपाली समाजको साधारण सभा र तेस्रो अधिवेशन सम्पन्न
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उमेश तामाङ पक्राउ
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो