ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

Hollywood Khabar August 28,2018 Comments

१४ भदौ,काठमाडौं।प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कालोझण्डा देखाउँदै आएका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ गरेको छ।काठमाडौं प्रहरीको विशेष टोलीले नेपाललाई चाबहिलबाट बिहीबार बिहान पक्राउ गरेको हो।प्रहरी स्रोतले दिएको जानकारी अनुसार बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालले प्रदर्शन गर्नसक्ने आशंकामा उनलाई पक्राउ गरिएको हो।भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले कालोझण्डा देखाएर प्रदर्शन गर्दै आइरहेका छन् । अघिल्लोपटक मोदीको भ्रमणमा यसैगरी प्रदर्शन गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।