१५ मंसीर कास्की। कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। नेपाली कांग्रेसका प्रतिस्पर्धी खेमराज पौडेललाई आठ हजार ४०९ मतान्तरले हराउदै विद्या भट्टराई विजयी भएकी हुन्।मतगणना सकिए पनि औपचारिक घोषणा गर्न भने बाँकी नै छ।औपचारिक घोषणा हुन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।
विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।अन्तिम मतपरिणाम सार्वजनिक भएपछि पौडेलले ट्विटबाटै विजयी उम्मेदवार विद्या भट्टराईलाई बधाई तथा शुभकामना दिएका हुन्।
पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्युभएपछि कास्की–२ मा उपनिर्वाचन भएको हो । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमलेले विद्यालाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिइसकेका छन् ।
सिफारिस
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ
एनआरएनहरुका ३ एजेण्डा, ४ मुख्य काम नै अबको अभियान, बिस्तृतमा