-sarala Kadel

कोहि तल झरे फर्किंदैन भन्छन मरेपछि १३ दिन

Hollywood Khabar February 22,2020 Comments

सरला कडेल/२/२३/२०

केहि नहुँदा ठण्डाराम भए पछि राजाराम

कस्तो बढ्यो यो चलन पाण्डब दाइको गीत जस्तो

बिथोलिन्न सानो मन तरेर लौरो बिर्सने

संझे मनमा चसक्क नसंझेलाई खुर्पा बिंड

आजकलको मनको फेसन होला यो मन बेसरी थाम्छु

फेरि पनि संझनाको फेसबुके फोटोले जगाई दिन्छ तन्काएर हेर्छु

भनाइको जस्तै मरेर पो के नै लालान कठै बिचरा

खानलाई बांच्ने होईन न त बाच्नलाई नै खाने हो

परदेसमा बस्दै सके-नासकेनी सधै जाने कामको काम

आपसमा लडाइ संझन्छन तर बिर्से छिट्टै हाम्रो नाम

डाहा पाल्न समय पुग्छ भाइसाथी चाहिं आपसमा

जोगाको हाँसो रोदनमा हाँस्ने कस्तो भाको तिम्रो मन

कोहि तल झरे फर्किंदैन भन्छन मरेपछि १३ दिन !