सम्पूर्णमा नमस्कार ।
नेपाल अमेरिका पत्रकार संघ-नेजाको आठौं अधिवेशन तथा १६ औं साधारण सभा टेक्सस राज्यको ह्युष्टन शहरमा आउँदो मे २० र २१, २०२३ मा हुँदैछ । आठौं अधिवेशन आयोजक समिति सबै सदस्यज्यूहरुलाई ह्युस्टनमा स्वागत गर्न आतुर छ। अधिवेशन हुने होटल ‘Double Tree by Hilton’ ह्युस्टनस्थित जर्जबुश इन्टरकन्टिनेण्टल (Airport code-IAH) एअरपोर्टबाट करिब ३ माइलको दुरीमा रहेको छ। होटलले ‘फ्रि सटल’को व्यवस्था गरेकोले यहाँहरुले एअरपोर्टमा ल्याण्ड हुने समय र टर्मिनलको जानकारी होटलमा गराउँदा सहज हुनेछ।
मे महिनामा ह्युस्टनमा गर्मी हुने गर्दछ। तसर्थ धेरै न्यानो कपडाहरु आवश्यक नहुन सक्छ। साँझ विहान र प्लेन भित्र चाहिने हल्का न्यानो कपडाहरु राख्दा उपयुक्त हुन्छ। आगामी हप्तासम्म होटलको डेडिकेटेड बुकिङ्ग लिङ्क तपाईंहरुलाई शेयर गर्न सकिने अपेक्षा राखेका छौं। कृपया नेजाको इमेल हेरिरहनु होला।
नेजाको विधान २०२२ अनुसार सबै सदस्यहरुले अधिवेशनको एक हप्ता अगाडि नै रजिस्ट्रेशन गरिसक्नु पर्ने व्यवस्था रहेको समेत अग्रिम जानकारी गराउन चाहन्छौं। सपरिवार आउनका लागि समेत हाम्रो आग्रह रहेको छ । परिवार सहीत आउन लाग्नुभएको छ भने जानकारी गराउनु भए व्यवस्थापनमा सहज हुनेछ । नेजाको वेवसाइट https://www.paypal.com/donate?business=najausa%40gmail.com¤cy_code=USD www.neajausa.org मार्फत रजिष्ट्रेशन शुल्क तिर्न सकिने छ।
प्लेनको टिकट लिएपछि यहाँहरुले आयोजक समितिलाई समेत जानकारी गराइदिएर होटल व्यवस्थापन कार्य सहज बनाइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छौं।
सम्पर्कका लागिः
सुजन पण्डित - कन्भेनर 8322732755
सुरज भण्डारी - महासचिव 5125967940
विकासराज न्यौपाने - अध्यक्ष 2143005586
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
सिफारिस
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...