नेपाली दुतावास अमेरिकाको Outreach Program क्यालिफोर्नियामा

Hollywood Khabar May 25,2017 Comments

कृष्ण के सी

नेपाली दुतावास वाशिंगटन डिसी, अमेरिकाले समय, समयमा नेपाली समुदायलाई सेवा सर्वसुलभ गराउएने उधेश्यले विभिन्न ठाउँमा Outreach Program गर्ने गरेको छ। दुतावासले यो पटक  क्यालिफोर्निया राज्यका मुख्य दुइ शहरहरु लस एन्जलस र सान फ्रान्सिस्कोमा Outreach Program गर्ने भएको कुरा अवैतनिक महामाणिज्यदुत ऋषि ढकालले बताउनु भएको छ।

कार्यक्रम लस एन्जलसमा 

श्री पशुपति फाउण्डेशन 

10843 Kenney Street, Norwalk, CA 90650 

मे २८, २०१७ आइतबार, बिहान १० बजे देखि सांझा ७ बजे सम्म 

सान फ्रान्सिक्सकोमा

मे ३०, २०१७ 

Himalayan Flavors 

1585 University Ave, Berkeley, CA

बिहान १० बजे देखि सांझ ७ बजे सम्म

दुवै कार्यक्रमहरुमा निम्न सेवाहरु दुतावासका द्धितीय सचिव श्री चक्र सुवेदीज्यूबाट हुनेछ

१. MRP पासपोर्ट

२. Travel Document

३. अन्य परामर्श सेवाहरु

४. आफुलाई आबश्यक पर्ने सेवा संबन्धि कागजातहरु दुतावासको वेबसाइट http://www.nepalembassyusa.org/ मा हेरेर तयारी गरि आउनु भयो भने तपाइको काम छिटो र पुरा हुनेछ। 

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यालिफोर्निया च्याप्टरले स्थानिय रुपमा कार्यक्रमको संयोजन गर्नेछ:

नर्दन क्यालिफोर्नियाको लागी :-
पूर्ण चन्द्र बानिया, फोन  नम्बर , 530 220 2220
साउदन क्यालिफोर्नियाको लागी :-
राम बाबु पाण्डे, फोन न. 562 413 6800