NRNA अमेरिका निर्वाचनको रनक:अध्यक्षमा रविना थापा अगाडि

Hollywood Khabar June 22,2017 Comments

कृष्ण के सी 
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) को निर्वाचन नजिकदै छ। त्यसैगरि उम्मेदवार र टिमका लागि खोजी गर्ने कार्य पनि उसैगरी तातेको छ। मतदाताहरुको प्रारंभिक लिस्ट जुन २१ मा प्रकासित भयो। अब अर्को हप्ता सम्म निर्वाचनको तालिका पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यसैबीच अध्यक्षका लागि प्रत्यासी रहेका ६ जना मध्ये अगाडि बढेका तीनजना मात्र छ्न। त्यसमा पनि फ्रन्ट लाइनमा रविना थापाको अग्रता निरन्तर रहेको छ। उसो त डिबेट होस या टाउनहल मिटिङ्ग सबै स्थानमा आफ्नो उच्च प्रस्तुति दिनुहुने रबिना थापा अरु भन्दा जहिले एक कदम पनि अगाडि नै हो।
अध्यक्षकी प्रत्यासी थापाका सहयोगी र समर्थकहरुले जुन २२ मा निर्वाचन आयोगले प्रकासित गरेको मतदाताहारको लिस्टको स्टेट/स्टेटका आधारमा गरिएको ब्रेकडाउनमा स्पष्ट बहुमत थापाको पक्कडमा भएको निर्क्योल निकालेका छन। यो अर्थमा बाँकी अरु अध्यक्षका प्रत्यासीहरु सबै मिलेर आउनु या फुटेर आउनुले कुनै कठिनाइ हुँदैन। त्यसिको जल्दो उदाहरण हो अध्यक्षका अन्य प्रत्यासीहरुले हतासिदै कहिले को र कहिले को गुहारेको अवस्था। त्यो सबैबाट पनि आफु भने टसमस नभएकी थापा आगामी निर्वाचनबाट अध्यक्ष हुने बाटो निश्चितप्राय देखिएको छ।
कतिपय उम्मेदवारहरुले एनआरएनका ठूला-ठूला बिरासतको नामको बैसाखी राखेर आफ्नाबारे लेख्न लगाएका छन्। तर निर्वाचनमा जित्न आवश्यक कुरा त्यो होइन। किन कि चुनाव जित्ने मतदाताले हो। अर्को कुरा तेस्ता बिरासतहरुले कसैलाई पनि प्रत्यक्ष बोकेको अवस्था पनि होइन। रविना थापालाई चुनाव जित्न कसैको तथास्तु चाहिने नेपालको राजनैतिक पार्टीको टिकेट पनि त होइन भन्ने स्पस्टै देखिएको छ। उसो हुँदो हो भने त रविना थापाको जस्तो राम्रो एनआरएनए भित्रको बिश्वब्यापी नेटवर्क अरु कुनै अमेरिकी एनसीसी अध्यक्षका अप्रत्यासीहरुको छैन। तर पनि उहाँले सधै सदस्यहरुमा ध्यानदिनु भयो र संस्था बनाउन लाग्नु भयो। नाम भजाउन तिर समय खर्चनु भएन र सबैलाई सम्मानजनक रुपले संयोजन गर्नतर्फ लाग्नुभयो।
लिडिङ्ग स्थान त छँदै छ उसमाथि पनि न्यूट्रल सदस्यहरु जोडिएको होइन अवस्था छैन। थापाको टिमका बाँकी सदस्य अन्य तालमेलले पार्ने प्रभाव त गणना नै गरिएको छैन। यस्तो लिडिङ्ग स्थान सजिलै आएको भने पटक्कै होइन। गत एक वर्ष देखि नियमित रुममा प्रयासमा बिशेषगरी अन्तिमको ९ महिना धेरै मिहिनेत गरेर हरेक मुख्य शहरमा पुगेकी थापाका अनुभवी सल्लाहकार, दरिला समर्थक र खराखाले टिमका सदस्य छन्। लगभग फाइनल स्टेजमा पुगेको टिमको बैठक त बिगत देखि नै नियमित बस्दै आएको हो। अब भने थापाले आफ्नो टिम नोमिनेशतर्फको तयारीमा भएको बताउनु भएको छ।
गत हप्ता प्रकासित गरिएका भनिएका अध्यक्षका एक प्रत्यासीका टिम सदस्य तान-तुन गरेर पनि पुर्याउन सकिएको देखिएन तर रविना थापाको टिममा आकांक्षीहरु धेरै भएकोले मिलाउनु पर्ने अवस्था छ उहाँले भन्नुभयो। कतिपय अध्यक्षका उम्मेदवारको त साथ दिनेको खडेरी नै परेकोले आफ्नो उम्मेदवारी नै तिलान्जली दिएको अवस्था पनि देखिएको हो। तर त्यो बहार र माहोल ल्याउन सक्षम एकमात्र अध्यक्षकी प्रत्यासी रविना थापा नै हो।
यसै बीच अध्यक्षकी प्रत्यासी थापाले भन्नुभयो- “मैले वर्तमान अध्यक्ष केशब पौडेलसंग बारंबार सोधेर, आफन्त, अग्रज र सबै तहका व्यक्तिहरुसंग सल्लाह गरेर नै यो निर्णय गरेकी हो। यो अर्थमा म धेरै अगाडि गएकी छु। यति मात्र होइन मेरो उम्मेदवारी पनि अध्यक्षको लागि हो र जित्ने पनि मैले नै हो।”
सबैको साथले गर्दा मेरो जीत जिश्चित भएको अवस्थामा म अरुसंग मिल्न जाने अवस्था आएको होइन। तर जो कोही पनि मिलेर जाउँ भनेर आउनुहुने सबैलाई सम्मानजाक मिले-सम्मको स्थान दिने हो। मलाइ समर्थन गर्ने र बिरोध गर्ने सबैको कुरा सुनेर साथ लिएर जाने नै मेरो प्रयास हो।
“घमण्ड त होइन तर पनि एउटा कुरा भन्नै पर्ने बेला भएको छ कि म रविना थापा अरु जस्तो बिचलित भएर कहिले को कहिले कोसंग मिलापको बिलाप गर्नुपर्ने अवस्थामा छैन। मेरो तयारी पूर्ण रुपमा छ, मसंग दरिलो साथ छ, दिग्गजहरुको ढाडस र सकृय साथीहरुलो निरंतरता छ। स्पष्ट जित्ने आधार दिने सम्मानित सदस्यहरु छन्। उहाँहरुले मलाइ फोन र फेसबुक इनबक्समा समेत तपाई जस्तो योग्य अरु देखिएनन रविनाजी मैदान नछोड्नुहोला भनेर भन्नेहरु पनि उतीकै हुनुहुन्छ। संचारकर्मी साथीहरुको पनि राम्रो सहयोग भएको छ। खुसीको कुरा अरुको जस्तो मैले खर्च दिएर मेराबारे झुट-मुट र गोलमटोल पारेर लेखिदेउ भनेर बिन्तिभाउ गर्नु परेको छैन। संचारका साथीहरुले आफैं साथ दिनुभएको छ, बरु म आफैंले समय दिन सकेकी छैन, उहाँहरुप्रति म सधैं आभारी छु। अब औपचारिक रुमपा नोमिनेशन गैरर निर्वाचनमा जाने हो।” थापाले भन्नु भयो।