अन्तरराष्ट्रिय नारी दिवस 
शर्मिला अधिकारी

Hollywood Khabar March 07,2017 Comments

शर्मिला अधिकारी
नारीहरुको हक अधिकार र मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा जोड दिदै ८ मार्चका दिन विश्वभर मनाउदै गरेको १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा हामी सम्पुर्ण महिला महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
लामो समय देखि महिला र पुरुष बिच संरचनागत रुपमै विधमान विभेदलाई हटाउदै न्याय,नैतिकता र समानतामा आधारित समाजको स्थापना र विकास गर्ने दिशामा आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षा समेत गर्दछु।
महिला र पुरुष बिच हुने जुनसुकै किसिमको भेदभावजन्य व्यबहार कुनै पनि सभ्य समाजका लागि शोभनीय विषय हुन सक्दैन।मुलुकको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा महिलाहरुले ओगटेको र अधिकान्श महिलाहरुको सामाजिक र आर्थिक स्थर अत्यन्तै न्यून रहेको अवस्थामा हामिहरुको जिवनस्तरमा गुणात्मक परिवर्तन नल्याएसम्म समग्र मुलुकको विकास सम्भव नहुने यथार्थलाई दृष्टिगत गर्दै सशक्तीकरण,मुलप्रवाहिकरण र समावेशीकरणको माध्यमबाट विकासको प्रक्रिया र प्रतिफल प्राप्तिमा महिलाहरुको सार्थक सहभागिता सुनिश्चित गराउन ढिला भएको अवस्था छ।विकास प्रक्रियामा संलग्न सबै क्षेत्र तथा निकायले लैङ्गिक-मैत्री भै गरेको सानै प्रयास पनि उपलब्धिमुलक हुनसक्छ र यसले समाजमा अत्यन्तै सकारात्मक प्रभाव पार्न सक्दछ।
गर्वमै मारिन्छन छोरी किन?
छोरा हो वा छोरी भनी गर्भमा रहेको भ्रुणको लिंगको पहिचान गराउन कानुनद्वारा बन्देज लगाएको भएता पनि पैसाको लोभमा वैधानिक पाएकै चिकित्सकले भ्रुणको पहिचान गरि गर्भपतन गराउने जस्ता अवैधानिक कार्य गराउदै आएको छ।नेपाली समाजले सन्तानको रूपमा छोराछोरी दुबैलाई भगवानको देन भनी सहज रूपमा ग्रहण गर्दै आएका थिए।गर्भपतनले वैधानिक मान्यता पाउनु अघि अवैध गर्वलाई पतन र त्यसबाट प्रत्युपादित अपराधिक घट्ना यदाकदा सुन्नमा आउथे।अधिकारको आडमा व्यभिचारमा लिप्त रहि गर्भधारण गर्ने र पतन गराउने जस्ता कार्यले समाजको बदनाम हुनेछ।छोरा जन्माउने होडबाजीमा गर्भपतन अधिकारको प्रयोग गरि सुनियोजित रूपमा छोरी भ्रुणहत्याको सिलसिला जारी रहने हो भने नेपाली समाजको भविष्य निष्चित रूपमा अन्धकारमय हुनेछ।
कयौं महिलाले अनेक अपवाद,पीडा,लान्छना र व्यबधान झेल्दै महिला मुक्तिको मार्ग कोरेका थिए,जसमा टेकेर आज हामी समाजमा हरेक पक्षमा बराबरीको हक दाबी गर्न सकिरहेका छौ।म पनि केही समयका लागि खुशिले गदगद हुन्छु,आफू "दोस्रो" दर्जामा सिमित बन्न नपरेकोमा, तर मेरो खुशी दिगो रहन सकेन।
महिला र पुरुषका नैसर्गिक अधिकारले सत्ताको रुप लिएपछी एकले अर्कालाई दमन गर्ने र त्यसमाथी शासन गर्ने मनसाय राखेपछी समाज द्वन्द्वग्रस्त बन्नेछ।यसले समाजका स्वस्थ मान्यता पनि विघटित गराउनुका साथै पारिवारिक विखण्डन समेत निम्त्याउछ।जिवनजगतका लागि हामी नारी पुरुष दुबै बराबरी हौं भन्ने अथार्थबोध नै सहि अर्थमा समाज विकासको मार्ग हो।
अत:आजको यश महत्त्वपुर्ण दिनमा हामी महिला र बालिका उपर हुने सबै किसिमका भेदभाव,विभेद तथा बहिष्करणको अन्त्य गर्ने तथा हामिहरुका राजनीति,सामाजिक एवं आर्थिक हक अधिकारको पुर्ण सम्मान र संरक्षण गर्ने दिशामा प्रयत्नशील म सम्पुर्णहरुलाई हार्दिक अनुरोध गर्दछु।
जबसम्म महिलालाई व्यवहारिक रुपमा नै समान अधिकार, अवसर र प्रतिनिधित्व प्राप्त हुँदैन तबसम्म कुनै पनि समाज/राष्ट्र सभ्य, विकसित, सम्रिद्ध, शान्त, रचनात्मक र असल हुनै सक्दैन भन्नेमा पनि सबै सचेत बनौं।
नारीलाई एक दिन नारी दिवस मनाएर होइन,हरपल सम्मान गर्न सिकौं।
हामी सबैलाई लिङ्गका आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य गरि न्यायपुर्ण सहभागिदारी र समविकासको संस्कृति अनुसरण गर्ने प्रेरणा मिलोस भन्ने सम्पुर्ण आमा,दिदिबहिनीहरुमा हार्दिक बधाई व्यक्त गर्दछु।

मिति;२०७३,११,२५

बिराटनगर