-आर सुब्बा, ट्याक्स एक्सपर्ट

अमेरिकामा २०२१ को ट्याक्स रिटर्न फाइल गर्दा गर्नुपर्ने कुराहरु, आर सुब्बा, ट्याक्स एक्सपर्ट

Hollywood Khabar January 23,2022 Comments

अहिले अमेरिकामा २०२१ को कर रिटर्न फाइल गर्ने सिजन सुरु भएको छ। २०२१ बर्षको यो कर अवधि जनवरी २४ देखि सुरु भै अप्रिल अठार १८ सम्मको हुनेछ।

अमेरिकाको आन्तरिक राजश्व सेवा (IRS-- https://www.irs.gov/) ले यहि जनवरी २४ गते देखि कागजी र बिधुतिय माध्यमबाट भरिने ट्याक्स रिटर्न फायल स्वीकार गर्ने जानकारी गराएको छ। सामान्यतया बार्षिक ट्याक्स फायल गर्ने अवधि जनवरी ३१ देखि सुरु भै अप्रिल १५ सम्म हुनु पर्नेमा यो बर्ष करिब हप्ता दिन अघि देखि भर्न सुरु भै अप्रिल १८ सम्म लम्ब्याईएको छ। तर मैन र म्यासाचुसेटस राज्यमा अप्रिल १९ सम्म अनि त्यसै गरि इलिनोय, टेनेसी, कोलोराडो, केन्टकी र आर्कन्सास राज्यहरुमा (प्राकृतिक बिपत परेकोले) कर दाखिला गर्ने अवधि मे १६ सम्मको हुने भनिएको छ।

ट्याक्स रिटर्न फायल गर्दा निम्न कुराहरुमा विचार गर्नु पर्ने देखिन्छ। कथम कदाचित बेलैमा उपरोक्त कुरामा ध्यान पुर्याइएन भने भविष्यमा जरिवाना वा जेल सजय वा दुवै हुने र अन्य थप झमेलामा समेत फस्ने सक्ने सम्भावना हुन्छ।

तसर्थ यस्ता झमेला वा झन्झटहरुबाट जोगिन धेरै मध्ये केहि ध्यान पुर्याउनुपर्ने कुराहरु यहाँ उल्लेख गरिएको छ। तर यो मात्र सबै कुराको जवाफ भने होइन। हरेक व्यक्ति, परिवार, ब्यबसायहरुको केश फरक हुन सक्छ। तर पनि केहि सपोर्ट हुने कुरामा विश्वास गरिएको छ।

  • १. तपाईको ट्याक्स रिटन फायल गरिदिने ब्याक्ती लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन बुझ्नुहोस् !
  • २. तपाईको ट्याक्स रिटनको फायलमा ट्याक्स भरिदिने व्यक्तिले हस्ताक्षर गर्छन वा गर्दैन हेर्नुहोस !
  • ३. तपाईको ट्याक्स सम्बन्धी सम्पूर्ण बिवरण ट्याक्स भरिदिने ब्याक्ति संग हुनेहुदा उसले कतिको व्यावसायिक गोपनियता कायम गर्न सक्छ विचार गर्नुहोस !
  • ४. ट्याक्स रिटन भर्दा कुनै पनि झुटो बिवरण नभराउनुहोस, भुलबस भरिएको छ भने तुरुन्त सच्याउन लगाउनुहोस !
  • ५. धेरै रिटन आउने लोभ लालचमा मिल्दै नमिल्ने, मेल नखाने अंक राखी रिटन दाबी नगर्नुहोस वा फायल गरिदिने ब्याक्तिलाई नलगाउनुहोस् !
  • ६. धेरै तानाबाना बुनेर हुदै नभएको खर्च बिवरण नदेखाउनुहोस यदि यसो गरिए ढिलोचाँडो तपाई आई आर एसको (IRS) नजरमा पर्न सक्ने सम्भावना रहन्छ !
  • ७. कर छल्ने नियत बस कुनै पनि कागजी संरचन बनाउनु हुदैन, यदि त्यसो गरेको आई आर एसको (IRS) नजरमा पर्न गए तपाईले ठुलै मूल्य चुकाउनु पर्ने हुन्छ, त्यसैले सधै सजक रहनुहोस !
  • ८. विदेशमा कमाएको रकम, बिधुतिय कारोबार ( कृप्टो, हाईपर, स्टक, गेम) बाट भएको अम्दामी उल्लेख गराउनुहोस !
  • ९. विभिन्न एप्स बाट प्राप्त गरिएको आय रकम ( पेपाल, जिल, भेमो, स्क्वायर ) तथा उपहार वा नगद टिप्सको बिवरण समेत फायल गर्नुहोस !
  • १०. बर्ष भरि गरिएको सबैखाले एक्टिभ र पेसिभ आम्दानीहरुको बिवरण कुनै न कुनै रुपमा खुलाउनु होस !

हुन त ट्याक्स फायल सम्बन्धि जान्ने बुझ्नेहरुले आफ्नो ट्याक्स फायल आफै गरे पनि हुन्छ, अरुको फायल गरिदिनको लागि मात्रै राज्य अनुसार एक वा दुइवटा लाईसेन्स लिनु पर्ने हुन्छ, अब के गर्न, कसो गर्ने, आफै काम फत्ते गर्ने कि वा कुनै प्रोफेसनलको सययोग लिने भन्ने कुरो चाँही तपाईहरु कै निजि विचार हो !

नोट: यो मेरो ट्याक्स रिटन फायल सम्बन्धि प्रोफेसनल धारणा हो ! यी माथि उल्लेखित कुरोहरु बाहेक पनि अन्य धेरै कुरोमा ध्यान पुर्याउनु पर्ने हुन्छ नै, त्यसैले पुरा कुरै नबुझी कुनै आधिकारिक कर फायल सहयोगीको सहयोग नलीई यसै अपुरो लेख लाइ नै आधार मानेर ट्याक्स रिटनको फायल आफै भर्दा कुनै कर फायल सम्बन्धी समस्या भएमा वा परेमा म जिम्मेवार हुनेछैन, धन्यवाद !

फोन: ५१० ८४७ ०४५५

ईमेल: iglobal72@gmail.com