मैले एनआरएनएहरुको कुरा बुझेको छु सरकारले तपाइहरुलाई निराश हुने काम गर्दैन:अर्थमन्त्री महत

Hollywood Khabar April 11,2023 Comments

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा गएको टोलीलाई अर्थमन्त्री डा प्रकाशशरण महतसँगले आफूले एनआरएनएहरुको कुरा बुझेको र सरकारले निरास नपार्ने कुरा बताएका छन्।

अध्यक्ष कुँवरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. महतसमक्ष आगामी कार्यकालको शुभकामना साथै एनआरएनएको मुद्दाहरु अर्थमन्त्री समक्ष राखेका थिए। एनआरएनहरु प्रतिनिधिले लगानी मैत्री वातावरण, वंसजको आधारमा नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा लगायतका विषय सम्बोधनका लागि आग्रह गरेका थिए।

त्यसको जवाफमा अर्थमन्त्री डा महतले आगामी बजेट मार्फत एनआरएनएहरुका धेरै मागहरु सम्बोधन हुने बताएका छन्। नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनहरुको साथमा सरकार छ, सरकारले एनआरएनहरुलाई निराश हुने काम गर्दैन। लगानी गर्न चाहनेले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन, आगामी बजेट मार्फत् पनि धेरै कुरा सम्बोधन गर्ने प्रयास गर्छु। लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐन मार्फत् सम्बोधन गरिने आश्वासन पनि मन्त्री डा महतले दिएका थिए।

भेटमा एनआरएनए सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश शम्शेर राणा लगायतको सहभागिता रहेको थियो।