एनआरएनएहरुको हल्ला नगरी काम गर्ने बानीले हामीले दौड जिती सक्यौं

Hollywood Khabar April 14,2023 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल १३, २०२३

गैरआवासीय नेपाली संघ-एनआरएनएका बिचमा हल्ला नगरी काम गर्ने समूह नै अहिले सफल हुँदै गएको छ। चौतर्फी रुपमा हल्ला गर्ने र काम नगर्ने, फर्जी, किर्ते, लुट र निजी स्वार्थमा लागेका टुकडीहरु बिस्तारै विस्थापित हुँदै गएका छन्।

गत मार्च २०२२ मा होटल याक यतिमा सम्पन्न गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित टिमले करिव डेढ दर्जन देशमा संस्था बिस्तार गरेको छ। सबैको ध्यान बिस्तारै सत्य र यथार्थतिर गएको छ र संस्थाले गति लिएको छ। 

काम गर्ने अफिस छ, अग्रजहरु हुनुहुन्छ, अनुभवी कार्यकारी अधिकृत राजेश सम्शेर राणा जस्ता कर्मचारीहरु हुनुहुन्छ। मध्येपूर्वका श्रमिक संबन्धि सहजीकरण गर्न कानुन ब्यबसायी प्रकृति कार्की हुनुहुन्छ। उसो त धेरै केश पनि समाधान भएका छन्। 

बिश्वभरिबाट अब हामी पनि फर्कंदै छौं भन्ने खबर दैनिक रुपमा आएका छन्। महाधिवेशनको अन्तिम दिन बाहिर गएकाहरु पनि घर फर्कने तयारी गर्दै छन। आगामी जुलाई अन्त सम्ममा ३० देखि ४० भन्दा धेरै देशमा एनआरएनएको नयाँ नेतृत्व चयन हुनेछन। यसको खाका तयार भएको छ। 

बिस्तारै नेपाल सरकार, स्थानीय सरकार अन्य क्षेत्रमा संबन्ध बढ्दै गएको छ। उद्यमी, ब्यबसायी, ठुला दात्री निकायहरु पनि साझेदारको रुपमा अगाडी आएका छन्। नेपाललाइ दिघो रुपमा योगदान पुग्ने योजनाहरु र विल्कुलै नयाँ च्यारीटीहरु पनि धेरै तयारी भएका छन्। 

किर्ते र फर्जी सदस्य होइन यथार्थ र मन देखि आएकाहरु जोडिंदै गएका छन्। एमआरएसको नाममा कसैको सूचना बेच्ने सड्यन्त्र छैन। हामी भाग्यमानी पनि छौँ, नेपालमा लगानी ल्याउने भन्दै नेपाल सरकारसँग ५० करोड माग्ने डा उपेन्द्र महतो र जीवा लामिछाने जस्ता भिखारी धनाढ्यहरु हामीहरुसंगै छैनन। लगानीको नाममा एनआरएनहरु र नेपाल नै लुट्नेहरु पनि यहाँ छैनन। सबै भन्दा ठुलो कुरा निजि स्वार्थ पुरा गर्न पद र सिण्डिकेटको लडाइ छैन। 

हामी सुन्दै दिशातिर गएका छौं, शक्ति बन्दै गएको छ र संस्था बढ्दै गएको छ। संख्या होइन हामीलाई गुणवानहरुको साथ् चाहिएको छ। ढोका खुला छ, कुनामा बसेर गुनासो होइन गहराको माझमा बसेर खेत खन्न आउँदा हुन्छ। कृष्णार्पण!