एनआरएनएको निमन्त्रणमा नेपाल आएका कोरियाका पूर्वमन्त्री र गोदावरी नगरपालिका मेयर महर्जनसँग भेटघाट, सन्तानेश्वर महादेवको मन्दीरसम्म जान मनो रेल संचालनबारे छलफल

Hollywood Khabar April 15,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएको निमन्त्रणमा नेपाल आएका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम की र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँग भेटघाट गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा पूर्वमन्त्री डा. ली नाम की सहित गएको प्रतिनिधिहरुले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसंग भेटगरी कोरियामा रहेका गैरआवासीय नेपाली तथा कोरियनहरुको संयुक्त लगानीमा त्यस नगरपालिका भित्र रहेको सन्तानेश्वर महादेवको मन्दीरसम्म जानको लागि नेपालमै पहिलो मनो रेल संचालन गर्ने परियोजना कार्यानव्यनको अन्तिम चरणका रहेकोले नगरपालिकालाई सहजिकरण गरी दिन अनुरोध गर्‍यो।

यस परियोजनामा लगानी गर्ने अवसर तथा यस बाट प्राप्त हुने आम्दानीको केहि हिस्सा त्यस क्षेत्रका सरोकारवालालाई समेत दिने परियोजनाको उदेश्य भएको समेत अध्यक्ष कुँवरले वताउनु भयो। गोदावरी नगरपालिका मेयरले यस परियोजनबाट त्यस भेगको बिकासमा थप टेवा पुग्ने र सरोकारबालाहरुलाई लगानीको अवसर प्रदान गर्दै थप आयआर्जन समेत हुने भएकोले यस कार्यमा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

भेटघाटमा महासचिव जानकी गुरुङ्ग, कार्यकारी निर्देशक राजेश शम्शेर राणा, संघका यूवा ब्राण्ड एम्बेसिडर दिपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याल लगायत हुनुहुन्थ्यो। 

गैरआवासीय नेपाली संघ, सचिवालय, काठमाण्डौं ।

मितिः२८ चैत्र, २०७९ ।