एनआरएनएको एकता भन्दै भ्रम छर्नेहरु, साँचो अर्थमा एकता गर्ने हो भने निम्न आधारभूत कुरामा मान्य हुनुपर्छ:बिज्ञप्ति सहित

Hollywood Khabar April 17,2023 Comments

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन निवर्तमान अध्यक्ष कुमार पन्तको नेतृत्वले अक्टुवर २०२१ मा सम्पन्न गर्न सकेन। त्यसपछि नेपाल सरकारको लिखित निर्देशन अनुसार सम्पन्न भएको आधिकारिक महाधिवेशनबाट निर्वाचित विनोद कुँवरको नेतृत्वले काम गर्दै आएको छ। 

तर अन्तिम दिनमा आएर एकापक्षले महाधिवेशन हलबाट अन्यत्र गएर पावर राजनैतिक ब्रोकरहरुसँगलाइ प्रलोभनमा लिएर अर्को महामण्डाल गठन गर्दै पद बिक्री गरिएको कुरा सहर्ष नै छ। त्यसपछि लोभी, पापी, किर्ते, भ्रमगर्ने, व्यक्तिगत लाभ लिन संघको नाम बेच्ने त्यो मण्डल विस्थापति हुँदै गयो। पद र भ्रमको लोभमा रहनेहरु बाहेको अरु गैरआवासीय नेपालीहरु आफ्नो पक्षमा नहुने देखिएपछि उनीहरुले एकताको महाधिवेशनको भ्रम छर्न थाले। 

तर को सँग एकता र किन एकता भन्ने कुनै कतै पनि आधिकारिक रुपमा बाहिर आएको छैन। त्यसैको जवाफमा आम गैरआवासीय नेपालीहरुमा भ्रमको अन्त्य गर्नको लागि संघका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा बसेको बैठकले निम्न अनुसारका न्यूनतम कुराहरु राख्दै मूल धारमा आउनको लागि विज्ञप्ति जारि गरेको छ। विज्ञप्तिको प्रित तस्ताको तस्तै: 

गैरआवासीय नेपाली संघको एकताको ११ औं महाधिवेशनबारे विज्ञप्ति

गैरआवासीय नेपाली संघका सम्पूर्ण अग्रज तथा गैरआवासीय नेपालीहरुमा नमस्कार !

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन निवर्तमान अध्यक्ष कुमार पन्तज्युको नेतृत्वले अक्टुवर २०२१ मा सम्पन्न गर्न सकेन। त्यसपछि संघको बिधान र नेपाल सरकारको एनआरएन ऐन समेतलाई टेकेर संघ दर्ता भएको आधिकारीक निकाय नेपाल सरकार परराष्ट्र मन्त्रालयले संघका तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेज्युलाई संघको १० औं महाधिवेशन सम्पन्न गर्न पत्रचार गरी जिम्मेवारी दिएको थियो। 

सो जिम्मेवारीलाई तत्कालिन गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको ८१ औं बैठकले समेत पारित गरेको थियो। त्यहि अनुसारको जिम्मेवारीलाइ राष्ट्रिय समन्वय परिषदको भेलाले समेत अनुमोदन गरेर सोहि अनुसार गत बर्ष मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन आधिकारीक रुपमा सम्पन्न भएको थियो।

तर त्यस महाअधिवेशनलाई नमान्दै अन्तिम समयमा आएर महाधिवेशन छोडेर अन्यत्र गएर केही दिनपछि मनोमानी ढड्गले छुट्टै महाधिवेशन गर्ने साथीहरूबाट एकताको ११ औ महाधिवेशन संयुक्त गर्ने भन्ने कुरा मौखिक रुपमा मात्रै हामीलाई आएको थियो। हामी संघको उद्येश्य अनुरुप संघलाइ चुस्त, दुरूस्त, प्रकृया र पद्दतिमा चलाउनु पर्छ भन्ने अभियानमा पहिला पनि कटिबद्द थियौं र अहिले पनि छौं। 

तत् पश्चात हामीले संघभित्र आपसी रुपमा घनिभूत सर-सल्लाहा गरी केहि निर्णय पनि गरेका छौ। केहि पटक अनौपचारिक रुपमा भेटघाट हुँदा हाम्रो तर्फबाट १० औं महाधिबेशन समयमा हुन नसक्नुका कारण, बिध्यमान बिबादको मूलजडलाइ सुधार सुधार्नुपर्ने लगायतका बिषयहरूको उठान गरी ती सबै बिषयहरूको सम्बोधन गरेर मात्र एकताको महाधिबेशन गर्न सकिने कुरा अर्को पक्षलाइ मौखिक रुपमा जानकारी गराएका थियौ। 

तर आगामी दिनहरुमा फेरी पनि त्यस्ता खाले समस्याहरू नहोस भनी ब्यापक छलफलबाट बिधान संसोधन गरी ति बिषयहरूको संबोधन हुनुपर्ने कुरा हाम्रो आधारभूत जोड थियो र छ। तत् अनुसार नै हामीले गत मार्च २०२२ को १० औं महाधिवेशनबाट बिधान नै संसोधन गरेका छौं। सोहि अनुसारका बिषयहरूको संबोधन गर्दै १० औं महाधिवेशनबाट अन्यत्र गएका बाँकी साथीहरूलाई पनि ११ औं अन्तराष्ट्रिय महाधिवेशनमा हाम्रो मुलधारमा ल्याउनको लागि हामी बिचमा मौखित सम्बादहरू गरेका थियौं।

एकता नै संघको शक्ति हो भन्ने कुरामा हामी बिस्वस्त छौं। आजको आबश्यकता नै एकता हो भन्ने कुरामा पनि जानकार छौं। तसर्थ बिध्यमान विवादका मूल जडलाइ सुधार गरेर जाने सहमति भएमा हामी एकताको बिरोधि होईनौ। संघको बृहत्तर विकासको बाधक पनि हामी होइनौं तर सँस्था स्वस्थ रुपमा जानुपर्छ भन्ने पक्षमा चाहिं पहिले पनि थियौं र अहिले पनि छौं। नेपथ्यमा जे सुकै कुरा भएता पनि त्यसको कुनै आधिकारिकता हुँदैन। हामी एकताको ११ औं महाधिवेशन गर्ने कुराको विपक्षमा छैनौं तर आधारभूत कुरा छोडेर संझौता गर्नेपक्षमा पनि छौनौं। 

तर पनि संघको यस्तो विभाजित अवस्था आउनुका कारणहरु समेत पहिचान गरि संघको १० औ महाधिवेशनबाट हामीले संसोधन सहित पारित गरेको बिधान समेतलाइ मानेर आगामी दिनमा संघमा फेरी सोहि पुरानो विकृतको अवस्था नदोहोरीयोस भन्नका लागि हाम्रो तर्फबाट निम्न बिषयहरू अबलम्बन गरी हामी बिचमा निर्णय गरी एकताको ११ औं महाधिबेशन निस्पक्ष र स्वस्थ्य रूपमा गर्न सकिने कुरा जानकारी गराउन चाहान्छौं।

त्यसपूर्व एकताको ११ औं महाधिवेशन गर्नको लागि हामी बिचमा यि बिषयहरूमा निर्णय भएर कार्यान्वयन गर्ने समहमति हुन आबश्यक भएको जानकारी गराउँद छौं।

१, हामीले होटल याक एण्ड यतिमा सम्पन्न गरेको १० औं महाधिबेशनमा ब्यापक छलफल पश्चात संसोधन सहित पारित गरिएको बिधानलाई मानेर जानुपर्ने। 

२, अक्टुवर २०२३ मा हुने एकताको ११ औं महाधिवेशन प्रतिनिधि हुनको लागि २०२३-२०२५ को लागी दुवै पक्षका नेतृत्वबाट सदस्यता नविकरण गरेका सबै पंजीकृत सदस्यहरुले खुलेको फर्म भरेर, तोकिएको शुल्क तिरेर महाधिवेशन प्रतिनिधि हुन् पाउने छन्। एकताको रुपमा सम्पन्न भएका राष्ट्रिय स्तरका महाधिवेशनबाट चयन भएका नयाँ नेतृवले ती प्रतिनिधिहरुको सदस्यता नवीकरण हो या नयाँ त्यो भेरिफाइ गर्ने छन।

३. आगामी अक्टुवर २०२३ मा काठमाण्डौमा हुने एकताको ११ औं महाधिवेशनको लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरु भौतिक रुपमा नेपालमा उपस्थित हुनुपर्ने। 

५, प्रबिधिको बिरोध गरिएको होइन तर बिध्यमान विवादको मूल जड नै महाधिवेशन प्रतिनिधि, निर्वाचन प्रणाली र नेतृत्व चयन भएकाले सोहि पुरानो प्रणालीमा जाँदा आपसी विश्वासमा संकट हुने भएकाले आसन्न ११ औं महाधिवेशनबाट चयन गरिने नेतृत्व अनलाइन भोटबाट नगर्ने। भौतिक रुपमा उपस्थित हुने महाधिवेशन प्रतिनिधिहरुले मात्र मत दिन या भोट गर्न पाउने छन्।

६, गैरआवसीय नेपाली संघका दुवै पक्षबाट तयार गरिएका, पारित भएका सम्पूर्ण नियमावलीहरु खारेज गर्ने। तत्काल आवश्यक पर्ने नियम, नियमावली सर्बसहमतिबाट तयार गर्ने।

७, दुवै तर्फका १० औं अन्तराष्ट्रिय महाअधिवेशनहरुको अस्थित्वलाइ दुवै पक्षले समान रुपमा स्वीकार्ने। त्यसबाट चयन भएका दुवै पक्षका नेतृत्व, बाँकी पदमा गरिएका नियुक्तिहरु, अन्तराष्ट्रिय देखि संघका हरेक तह, देशसम्म सबैलाई सम्मान जनक रुपमा मान्यता दिने।

८, संघको दुवै पक्षबाट एकताको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा बिश्व भरिका दुवै पक्षमा रहेका राष्ट्रिय स्तरका परिषदहरुको एकताको महाधिवेशन आयोजना गर्न र गराउनको लागि अग्रज तथा आगामी नेतृत्वमा उमेरद्वार नहुने ब्याक्तिहरू तर वर्तमान समयमा पंजीकृत सदस्य रहेका मध्येबाट एक उच्च स्तरिय समिती बनाउने। समितीमा दुवै पक्षबाट समान संख्याबाट हुनेगरी नाम प्रस्ताव गरिने।

९, दुवै पक्षको समान संख्यामा प्रतिनिधि हुनेगरी संयुक्त रुपमा ११ औं महाधिवेशन आयोजक/तयारी समिती बनाउने। सो समितीको संयोजकमा कुनै पक्षका पनि अध्यक्षले नेतृत्व नगर्ने। तर पूर्व अध्यक्ष, उपाध्यक्ष पदाधिकारी लगायतहरुको नेतृत्वमा गठन गर्ने। 

१०, आवश्यक पर्ने बाँकी सबै समितीहरु जोर संख्यामा बनाउने। ति सबै समितीका संयोजकहरु दुवै पक्षका आधा-आधा (बराबरी) संख्यामा रहने। तर सबै समितीहरुमा सदस्यहरु भने दुवै पक्षबाट समान संख्यामा रहने। जस्तै प्रतिनिधि चयन, बिधान, निर्वाचन, प्रचार-प्रसार, उच्च स्तरिय निर्वाचन पर्यवेक्षण समिति इत्यादी।

११, दुवै पक्षका नेतृत्वले समान रुपमा बराबरी अधिकार रहनेगरी काम गर्ने। ती दुवै नेतृत्वलाइ एकताको ११ औं महाधिवेशन बन्दसत्रको पहिलो सेशनमा लगेर बिघटन गर्ने। त्यसपछि २०२१-२०२३ अबधिको दुवै पक्षका नेतृत्व निवर्तमान हुनेछन्।

१२, दुवै पक्षबाट भएका र गरिएका कार्यकारी सचिवालय, पदाधिकारी, अन्तराष्ट्रिय परिषद सदस्य, अन्तराष्ट्रिय परिषदमा मानार्थ सदस्य, सल्लाहकार तथा समितिहरु लगायत सबैखाले नियुक्तिहरु मान्य हुने।

१२, सबै देशका एनआरएनएमा आबद्ध तथा साझेदार संस्था (निकाय,एनसीसी) हरुमा पनि माथि उल्लेखित गरे जस्तै संयुक्त रुपमा समान संख्यामा हुनेगरी महाधिवेशन गर्न गराउन तयारी समिति गठन गर्दै जान निर्देशन गर्ने।

कार्यदल

१. संयोजक-महासचिव जानकी गुरुङ

२. सदस्य-उपाध्यक्ष सुरेन्द्र सिग्देल

३. सदस्य-सचिव कृष्ण के सी

४. सदस्य-प्रवक्ता प्रकाश धमला

५. सदस्य-सल्लाहकार- धरम के सी 

तत्काल संघका सम्पूर्ण गतिबिधिहरु नियमित रुपमा संचालन हुनेछन। उपरोक्त एकताको ११ औं महाधिवेशनको बिषयहरुलाइ मे ५, २०२३ सम्ममा निष्कर्षमा पुग्नुपर्ने निर्णय गरिएको छ।

धन्यवाद;

महासचिव 

जानकरी गुरुङ 

गैरआवासीय नेपाली संघ 

अध्यक्ष 

बिनोद कुँवर 

गैरआवासीय नेपाली संघ 

मिति: अप्रिल १६, २०२३