एनआरएनए अध्यक्षको टोलीले परराष्ट्रमन्त्री संघ भेट संघ र नेपाली नागरिकता ऐनबारे जानकारी गरायो

Hollywood Khabar April 18,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा गएको संघको एक प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्रीसंग भेट गर्‍यो।

गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा गएको संघको एक प्रतिनिधि मण्डलले माननीय परराष्ट्र मन्त्री एनपी साउदसंग भेट गरी परराष्ट्र मन्त्री नियुक्त हनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्‍यो।

संघले स्थापना कालदेखिनै उठान गरेको गैरआवासीय नेपाली नागरिक्ताको निरन्तरताको बिषय नेपालको संविधान २०७२ ले व्यवस्था गरिसकेको भएता पनि संविधानको मर्म र भवना अनुरुप त्यसले छिटैनै मूर्त रुप लिनेछ भन्नेमा संघ विश्वस्त रहेको वताउँदै गैरआवासीय नेपलीरुका वंसजको आधारमा रहेका नेपाली नागरिकताको निरन्तरताको लागि समेत पहल गर्न अध्यक्ष कुँवरले अनुरोध गर्नुभयो।

उहाँले माननीय परराष्ट्र मन्त्रीज्यूको यस कार्यकालमा गैरआवासीय नेपालीहरुका मुद्धाहरुले प्राथमिक्ता पाउने र संसदमा रहेको गैरआवासीय नेपाली नागरिक्ताको बिषयले समेत छिटै निकास पाउनेमा आशावादी रहेको वताउनु भयो ।

भेटका अवसरमा माननीय मन्त्रीज्यूले संघको बारेमा आफूजानकार रहेको र गैरअवासीय नेपालीहरुका मुद्धालाई सरोकार राख्ने मन्त्रालय भएकोले थप प्राथमिक्ता राख्ने बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुले मात्रिभूमिलाई पुराएको योगदानको कदर गर्दै वधाई तथा शुभकामना दिन आउनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो।

गैरआवासीय नेपाली संघ, सचिवालय,काठमाण्डौं ।

मितिः ०४ बैशाख, २०८० (अप्रिल १७, २०२३)