एनआरएनए उत्तर अमेरिका क्षेत्रीय सम्मेलनबारे आयोजित प्रेसमिट

Hollywood Khabar April 23,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएको उत्तर र दक्षिण अमेरिका क्षेत्र जसलाई द अमेरिकाज भनिन्छ, त्यसको क्षेत्रीय सम्मेलनबारे जानकारी गराउन प्रेसमिटको आयोजना गरिएको थियो। अप्रिल २३, २०२३ आइतबार जुममा आयोजना गरिएको सो प्रेसमिटमा सो क्षेत्र र नेपाल देखिका विभिन्न संचारकर्मी पत्रकारहरुको सहभागिता रहेको थियो। 

कार्यक्रममा संघका सचिव कृष्ण के सी, सम्मेलनका कन्भेनर तथा नर्थ अमेरिका क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, आइसीसी सदस्य रशिमी थापा र आयोजक दुवै देशका अध्यक्षहरु सुर्य लम्साल (अमेरिका), कुन्दन घिमिरे (क्यानाडा), पदाधिकारी तथा अन्य व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

प्रेसमिटमा सम्मेलन तयारीबारे जानकरी दिइयो, संचारकर्मी तथा पत्रकारहरुबाट उठाइएका प्रश्नहरुको जवाफ समेत दिइयो। प्रेस बक्तब्यको प्रति जस्ताको तस्तै:

 

मितिः २१अप्रिल २०२३

प्रेस बक्तव्य

प्रिय पत्रकार साथीहरु,

गैरआवासीय नेपाली संघ  (NRNA) अमेरीकाज क्षेत्रीय सम्मेलन २०२३ को आयोजक समितिको तर्फबाट हार्दिक अभिबादन,

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीका र ग्लोबल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाको सयुक्त आयोजनामा यही आउँदो मे २७ र २८, २०२३ मा क्यानाडाको टारोन्टो शहरमा गैरआवासीय नेपाली (NRNA)  अमेरीकाज् क्षेत्रीय सम्मेलन हुन गइरहेको जानकारी यस पत्रकार सम्मेलन मार्फत विश्व भरी छरिएर बसोबास गरिरहनु भएका सम्पुर्ण गैरआवासीय नेपाली लगायत अन्य सम्बन्धित सरोकारवालाहरुमा जानकारी गर्न पाउदा अत्यन्तै हर्षित भएका छौ। 

यस सम्मेलनले नेपालको आर्थिक बिकास र सामाजिक सम्बृद्विमा गैरआवासीय नेपाली संघको भुमिका भन्ने मूल बिषयबस्तु अन्तर्गत गैरआवासीय नेपालीहरुको हित र सरोकारहरुसंग सम्बन्धित अन्य महत्वपुर्ण सवालहरुमा छलफल गर्दै हामी गैरआवासीय नेपाली, समग्र नेपालको बिकास र सामाजिक सम्बृद्धिमा उनीहरुको योगदानलाई प्रबर्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उदेश्य राखेको छ। 

सम्मेलनमा गैरआवासीय नेपाली संघसग सम्बन्धित अन्तराष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदहरुका बर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्य र सल्लाहाकारहरु तथा गैरआवासीय नेपालीहरुको अभियानसग आबद्ध हुनु भएका बिभिन्न पेशाकर्मीहरु, व्यवसायीहरु, बिषय बिज्ञहरु तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ। सम्मेलनले सहभागीहरुलाई आफना अनुभव, बिचार तथा पहलहरुलाई राख्ने साझा मञ्च प्रदान गर्दै नेपाल र गैरआवासीय नेपालीहरु बिचको सामाजिक, आर्थिक तथा सास्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुराउने अपेक्षा राखेका छौ। 

नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइडोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक बिकासमा गैरआवासीय नेपालीहरुमा रहेको ज्ञान, सीप, पुजी तथा प्रबिधिको हस्तान्तरण, गैरआवासीय नेपालीहरुको लागि बंसजका आधारमा नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यन्वयनका लागि नेपाल सरकारको दायित्व, गैरआवासीय नेपाली संघको संगठनात्मक बिकास र आगामी रणनीती तथा समतामूल र सामाजिकन्यायपुर्ण समाजका लागि गैरआवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका लगायत सवालहरुमा अर्थपुर्ण छलफल र बहसमा सम्मेलन केन्द्रित हुने पनि जानकारी गराउदछौ। 

गैरआवासीय नेपाली संघको पछिल्लो सन्दर्भमा यस सम्मेलनले विश्व भरी स्थापित र कार्यरत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नका लागि मार्ग दर्शन तथा कार्य दिशा प्रदान गर्नेछ तथा विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाध्न महत्वपूर्ण सन्देशमा प्रवाह गर्ने विश्वास लिएका छौ। कार्यकममा करीब ४० देशहरुबाट सहभागीता रहने छ। धन्यबाद।

कृष्ण पोखरेल

कन्भेनर गैरआवासीय नेपाली

संघ (NRNA) अमेरीकाज क्षेत्रीय सम्मेलन २०२३ 

तथा क्षेत्रीय संयोजक 

गैरआवसीय नेपाली संघअन्तराष्ट्रिय समन्वय परिषद