नेपाली कांग्रेसमा विभाजन आउने र गगन थापा प्रवृत्तिको खुलासा

Hollywood Khabar April 30,2023 Comments

प्रसङ्ग 

१. नेपाली राजनीतिमा गत मंसिर २०७९ को चुनाव र पछिल्लो बैशाख २०८० को उपनिर्वाचनले उदीयमान वैकल्पिक शक्तिको रुपमा उदाएको नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असनको साँढे भएर बसेका पुरातन पार्टीहरूलाई चुनौती दिएको छ।

२. उता नेता अर्जुन नर्सिङ केसीले आफूलाई सामान्य प्रशासनमन्त्री जसरी पनि चाहिने भन्दै हलो अड्काएका कारण महिनौँ सम्म नेपाली कांग्रेसले कोटाको ३ मन्त्री थप गर्न सकेको छैन।  

३. पछिल्लो समय आएर नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि २०८४ को निर्वाचन पूर्व सन्ध्यामा रास्वपामा प्रवेश गरेर प्रधानमन्त्री बन्ने हल्ला आएको छ। यस विषयमा केही जिल्ला स्तरमा छलफल पनि भएको कुरा आएको छ। तर कुरा भने त्यसो होइन यो केवल गगन प्रवृत्ति हो। गगन प्रवृत्ति के हो भन्ने कुरा प्राप्त जानकारी र केही छलफल पछि यहाँ थोरै प्रष्ट्याउने प्रयास गरिएको छ।

४. गगन थापालाई नेविसङ्घमा नेता बनाउन तत्कालीन नेविसंघ नेताहरू विश्वप्रकाश शर्मा, यादव पण्डित, गुरु घिमिरे लगायतले सघाए। पछि उनी त्यो शक्तिलाई लात मारेर अन्तै गए। 

संसदीय निर्वाचनमा समानुपातिक कोटामा पर्न तत्कालीन नेता तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको पाउ मले। कोटामा परे लगत्तै पौडेललाई लात मरेर अर्को गुटमा गए। लगत्तै उनी कृष्ण सिटौलातिरबाट महामन्त्रीमा उम्मेदवार भए। चुनाव मुखैमा आयो कुरा मिलेन अनि उनी डा शेखर कोइरालातिर गए। 

बिचमा अल्मलमा परे अनि सभापति शेरबहादुर देउवासँग आगामी सभापति आरजु देउवा आफू संसदीय दलनेताको प्रस्ताव राख्न गए। केही महिना त्यसले स्थान पनि पायो। सभापति देउवाले उनलाई धेरै जिम्मेवारी पनि दिए। फेरी संसदीय दलको निर्वाचनमा उनी देउवा विरुद्ध उम्मेदवार भए। 

देख्दा सामान्य लागे पनि उनको योजना भनेको डा कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह सबैलाई पछाडि परेर देउवा इतर शक्तिको नेता बन्न सकिन्छकी भन्ने प्रयास थियो। 

बिचमा उनी स्वास्थ्य मन्त्री बने। केही काम पनि गरे तर त्यो समय करिव ३३ करोडको हाराहारीको नेपाली रकम उनकै मिलेमतोमा विदेश पुगेको कुरा छ। तर कसरी पुग्यो भन्ने जवाफ अहिले सम्म आएको छैन। त्यसका लागि जिबा लामिछाने र कैलाश सिरोहिया समेतको साझेदारी रहेको कुरा बाहिर आएका छन्। त्यहि समय जर्मनीमा सामान्य जिवन यापन गर्दै रहेका उनका नजिकका नातेदारहरु राता-रात ५/७ होटलका मालिक बनेका छन्। ती ब्यबसायका साझेदार जिबा लामिछाने लगायतका छन्।

५. करिव एक दशक जति पहिला नेपालमा वैकल्पिक राजनैतिक पार्टीको कुरा आउँदा नेपाली कांग्रेसका उनै वर्तमान महामन्त्री गगनकुमार थापाले रविन्द्र मिश्रहरुको पार्टीमा आउने बचन दिएका थिए। अथवा यस्तो हल्ला बाहिर आएको थियो। तर अन्तिममा उनि नगएको कुरा मिश्रले अझै बोल्दैछन। बाँकी कुरा के भयो सबैलाई थाहा नै छ। 

६. गत स्थानीय निर्वाचनमा काठमाण्डौका विभिन्न निर्वाचनमा उनले कति हर्कत देखाएका थिए त्यो पनि छर्लङ्ग भएको छ। उनले आफ्नै प्रत्यक्ष संलग्नतामा नेपाली कांग्रेसबाट टोखाकी मेयर उम्मेदवारलाइ हराइदिए। त्यस संबन्धि समाचार यस पहिला नै सम्प्रेषण गरिएको छ।

७. काठमाण्डौ महानगरको निर्वाचनमा उर्लंदो रुपमा आएको वालेन्द्र (वालेन) साहको समर्थन देखेर आफूलाई राजनैतिक धक्का लाग्ने देखे। आफू जोगिनको लागि सघाएको नाटक गरे। धेरैलाइ लाग्यो उनले वालेनलाइ सघाए तर यथार्थ त्यो थिएन।

८. गत संसदीय निर्वाचनमा उनलाई धुलाई ढक्क पर्ने भयो। उदीयमान रास्वपाबाट आफू पराजित हुने देखेपछि दुइ-चार बैठक रवि लामिछानेसँग बसे। चुनावमा सघाउने बचन दिए, आफूलाई सुरक्षति राखे। यति मात्र होइन ससुरा नर्सिङ्ग केसीलाइ जोगाउने उनले नुवाकोट चुनाव प्रचारमा जान लागेका रवि लामिछानेलाइ बहाना बनाएर रोकिदिए। यथार्थमा उनको हर्कत के रहेछ त्यो त उपनिर्वाचनमा नै देखियो। 

९. अहिले डा स्वोर्णिम वाग्लेले सानदार जिते, रवि लामिछानेले गत निर्वाचनमा भन्दा पनि धेरै मत ल्याएर जिते। भेल उतै गयो। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतको मत अनियन्तृत भयो। डराएका थापाले फेरी अर्को प्रपन्च रच्दै छन्।  

१०. अहिले आएर फेरी उनै गगनकुमार थापा २०८४ को निर्वाचनको पूर्व सन्ध्यामा रास्वपामा प्रवेश गरेर प्रधानमन्त्री बन्ने हल्ला आएको छ। यो केवल पुरानै प्रवृत्ति हो। त्यो कुरा यथार्थमा राजनैतिक चलाखी मात्र थियो। उनले कतै त्यो शक्ति ठुलो भएर आफ्नो राजनीति र निर्वाचन क्षेत्रमा धक्का देला भनेर आफू विरुद्ध कडा रुपमा नआउन भनेर गरिएको प्रपन्च थियो। यसलाई गगन प्रवृत्ति भन्नुपर्छ।