द सेक्रेट्स अफ राधा अमेरिका सहित बिश्वका थुप्रै शहरहरुमा प्रदर्शन हुँदै

Hollywood Khabar May 04,2023 Comments

राधाका लोकले सुनेका र नसुनेका कुराहरुबारेमा बनाइएको चलचित्र “द सेक्रेट्स अफ राधा” अमेरिका सहित विश्वोका प्रमुख शहरहरुमा प्रदर्शन हुने भएको छ।

दुई बन्द मुठ्ठी खोलिन्छ, एक अर्धबैशे महिला को खस्रा हत्केला, हत्केला मा कोरिएका उन्का जीवन का रेखाहरु-राधा गिरी हो उनको नाम। एउटा ढिस्कोमा उभिएर एक टकले आफ्नो अगाडीको छितिज तिर हेर्दैछिन, सायद कसैलाई कुरी रहेकी छिन उनि। बासु उन्को श्रीमान्, जस्को अत्तोपत्तो छैन। एउटा ठुलो अशुभ आइपर्छ। घरको मुलीको मृत्यु हुन्छ, गिरी थरको सन्स्कार अनुसार अन्तेस्ठी गरिन्छ (गाडीन्छ)।

अर्को पाटो, खै, राधाले के तेस्तो कुरा लुकाएर राखेकी छे, अपमानित राधाको खिन्न मुहार घामको उज्यालोमा धपक्कै बलिरहेको छ। खिन्न राधा आफ्नो पूर्व स्मृतीमा पुग्छिन्। तीजको खुशी र उल्लास्--- एतिबेला पार्श्व संगीत ले जो कसैलाईलाई सिरिङ्ग पार्छ र पार्नु पनि पर्ने हो। 

राधाले गाउँलेको कटाक्छ्य सहन नसकी मुखै फोड्छे:लोग्ने बाहिर हुनु र बाहिर भएको लोग्नेको अत्तो-पत्तो नहुनुमा फरक हुदो रैछ। मैले आफ्नो बुद्धी ले जे भ्याए तेही गर्या हुँ। राधा ले के के गरि, त्यो त हामी फिलिम मै हेर्न पर्छ। हो, राधाले ब्यबहार टार्न आफुले लगाएको तिलहरी समेत बेचिन्छ। मेरो घाटी निमोठिन्छ-सास रोकिन्छ-स्तब्धता। बाँकी फ्लिम मा हेरौं।

फिल्मका कथाकार तथा निर्देशक सुबर्ण थापा हुन् भने सिनेम्याटो ग्राफी नरेन्द्र मैनालीको रहेको छ। श्रीष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राइ, निश्चल बस्नेत, मेनुका प्रधान, बुद्धि तामाङ, लोकेन्द्र लेखक, दिब्य देव पन्त, शारदा गिरि, सुनील पोख्रेल लगायतका स्थापित र चर्चित कलाकर्मीहरुको अभिनय रहेको छ।