दल नेताका काण्ड खुल्दा गोल खांडी जाने, दोश्रो पुस्ताका पोल खुलेन भ्रष्टाचार जोगिने

Hollywood Khabar May 08,2023 Comments

कृष्ण के सी, अमेरिका, मे ७, २०२३ 

नेपालको पछिल्लो राजनैतिक घटना हेर्दा राणा शाशनको अनुभव गर्नेहरु सँग कुरा गर्न मन लाग्यो। राणाहरु पापी थिए, भ्रष्ट थिए, निजि स्वार्थको लागि जे जे पनि गरे भन्ने पढिएको र सुनिएको हो। तर उनीहरुले मनोरंजनको लागि देश भित्र पनि पूर्वाधार निर्माणका काम गरेका थिए ति संरचनाहरु अझै पनि देख्न सकिन्छ। अन्तमा राणाहरुले आपसी पोल खोला खोल र आपसी लडाइ गर्दा उनीहरुको अन्त्य भयो। 

अहिले पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, तराईबादी लगायतका सबैजसो राष्ट्रिय पार्टीका उच्च स्तरका नेताहरु भ्रष्टाचार र अपराधमा डुबेको प्रमाण बाहिर आयो। यो सबैलाई थाहा छ, चोखो कोही पनि छैन। त्यसैले आफू डुबेपछि आर्को किन छोड्ने भन्ने राजनैतिक होडबाजी चलेको छ। त्यो नागरिक र देशलाई फाइदाको कुरा हो। 

नेपालका राष्ट्रपतिको उपचार नेपालको सैनिक अस्पतालमा हुनुपर्ने होला। अल्सर र पेट दुखेको कारण भएको बिरामी नेपालमा नै संभव थियो। सेनाले उनलाई आवश्यक नपरी उपचारका नाममा विदेश पठाउँदैनथ्यो। राष्ट्रपतिको पहिलो उपचार सैनिक अस्पतालमा, गृहमन्त्रीको पहरी अस्पताल र बाँकीको उपचार बिर या टिचिङ्गमा हुनुपर्ने हो। तर त्यसो भएन।

यदि राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचारमा भएको उपचार खर्च अस्पताल पक्षले गरिदिएको मिन्हाहा पछि बाँकी आफैं तिर्ने हो भने संसदले केपीशर्मा ओलीले निजी उपचार गरेको ३३ करोड भन्दा धेरै रकम फिर्ता तिराउन बाध्य पार्न सक्छ। त्यो रकम फिर्ता भयो भने बाँकी अरु धेरै कुरा कुरा पनि आउन सक्छन। सुद्धिकरण बढ्दै जान्छ।

तर निस्किएको प्रमाण सहितको भ्राष्टाचारलाइ पार्टीहरुले आपसी मिलेमाटो पनि गर्ने प्रयास गरिएको देखियो। प्रधानमन्त्री प्रचण्ड पछि हटे भने उनको पार्टी जंगल गएपनि जनावरले खानेवाल छ। नेपाली कांग्रेस पछि हट्यो भने भारतीय कांग्रेस आईको हालतमा पुग्नेछ। 

अब नागरिकहरुलाई छर्लंङ्ग भयो जोगिने ठाउँ कतै पनि छैन। सेटिङ्ग गरेर कानुनबाट त जोगिएलान तर नागरिकबाट जोगिने ठाउँ देखिएन। पहिला जस्तो जे भएपनि त्यहि पार्टी तिनै भ्रष्ट नेता भनेर बस्ने अवस्था अब छैन। नेपाली नागरिकसंग राजनैतिक विकल्प प्रसस्त छन।

कतिपयलाई पहिलो पुस्ता मात्र भ्रष्ट भन्ने लाग्दो हो तर त्यसो होइन। उनीहरुका सन्तान, लाइनमा बसेका ती सबै पार्टीका दोश्रो पुस्ताका भनिएकाहरु पनि उत्तिकै मुछिएका छन। गत उपनिर्वाचनको लागि नेपाली कांग्रेसले उठाएको १४ करोड बराबरको रकम कता खर्च भयो भनेर खोजि गर्ने हो भने धेरै जवाफ आउँछ।

माओवादी पार्टीको त के कुरा गर्नु, आन्दोलनको नाममा लुकेर लुटे, खुला भएर आए अनि खुलेर लुटे अब लुट जोगाउन तिर तल्लिन छन्। एमाले पार्टीको भ्रष्टाचार भनेको वडा देखि केन्द्र मात्र होइन बैदेसिक ज्यालासम्म भ्याए। तराइबादीका नेताका त खोटो प्रवृति सबैलाई छर्लङ्ग नै छ। 

यो समय जो सुकैले पनि जहाँ-तहीं र जतासुकैबाट पनि उनीहरुलाइ नंग्याउनु नै सबै भन्दा बलियो आधार हुने देखियो। समाज भन्दा ठुलो शक्ति र सामाजिक न्याय भन्दा अर्को ठुलो कानुन छैन। समय र सन्दर्भ यहि हो, मौकामा चौका पनि हान्नुपर्छ।