ठुला पार्टीहरुलाइ अपराध प्यारो, रेशम चौधरीको केश ल्याएर शरणार्थी केश ओझेल गर्ने प्रयास

Hollywood Khabar May 11,2023 Comments

नेपालका ठुला राजनैतिक पार्टीहरुलाई हत्यार, अपराध, बलात्कार, भ्रष्ट्राचार, अनियमितता जस्ता सबै खाले अपराध देश, नागरिक र उनीहरुको पार्टी भन्दा प्यारो लाग्ने गरेको छ। 

पछिल्लो समय प्रमाणसहित भेटिकेका शरणार्थी कण्ड छोप्न अपराधी प्रमाणित भएका कसुरदार रेशम चौधरीको केश ल्याएर शरणार्थी केश ओझेल पार्ने प्रयास गरिएको छ। टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको मुद्दा फिर्ता लिएर सरकारले उनलाई उन्मुक्ति दिने तयारी थालेको छ। यसका लागि सरकारले संसदमा विधेयक दर्ता गरेको छ।

अपराधी छुटाउन कानुन नै फेर्ने त्यो पनि राता-रात, यो भन्दा पराकाष्ठको राजनीति कहाँ देख्न पाइन्छ ? अपराधको अर्को नाम पनि अपराध नै हो। तर कानुन, न्याय तथान संसदीय मामिला मन्त्रालयले बिहीबार केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरेको छ। चौधरीको मुद्दा फिर्ता लिनेगरी कानुन संशोधन गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ।

नेपाली कांग्रेसले शरणार्थी केश नै मानेन, सरकारले एक कदम पछि हटेर जेठमा बोल्ने भनेर हक्चियो। एमालेले त केश जति सबै प्रतिपक्षको रुपमा लिएको छ।