एनआरएनएको अभियानमा तिब्रता, अभियानमा नरहेका र दिक्क भएकाहरु फर्की आउन थाले

Hollywood Khabar May 12,2023 Comments

गैरआवासीय नेपाली संघ-एनआरएनएलाइ पनि नेपालको राजनैतिक पार्टी जस्तै एकाद व्यक्तिहरुले निजी स्वार्थको गुटका आधारमा लैजाने प्रवृति र प्रयासले मार्च २०२२ देखि मुक्ति पायो।

त्यसै चंगुलबाट बाहिर आउन नसकेका कारण अक्टुवर २०२१ मा हुनुपर्ने संघको १० औं महाधिवेशन समयमा गराउन निवर्तमान अध्यक्ष कुमार पन्त असफल हुनुभयो। यसो हुनमा नेकपा एमाले पार्टीका कार्यकर्ता तथा एनआरएनएका संस्थापक अध्यक्ष समेत रहेका डा उपेन्द्र महतो र संघका पूर्व अध्यक्ष जीवा लामिछानेको निजि स्वार्थको चंगुलमा थियो।

आम एनआरएनहरुको प्रतिनिध्तिव गर्दै, संघ दर्ता भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयका तत्कालिन माननीय मन्त्री डा नारायण खड्काले संघका तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेलाइ रोकिएको सो रोकिएको महाधिवेशन पुरा गर्ने जिम्मेवारी दिनुभएको थियो।

सोहि निर्देशन अनुसार गत मार्च २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा संघको १० औं महाधिवेशन आधिकारिक रुपमा सम्पन्न भएको थियो। महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नेतृत्व चयन गरेको थियो।

आफ्नो शक्ति गुमेको र निजि स्वाथको भजन गुम्ने देखिएपछि  त्यहि महतो-लामिछाने समूहले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाइ प्रलोभनमा लिए। डा महतोले एमाले तर्फलाइ प्रलोभनमा राजी गराएको अवस्था थियो। सो महतो-लामिछाने समुहले परराष्ट्र मन्त्री डा नारायण खड्कालाइ नै बाइपास गर्न लगाएर फोनको भरमा अन्यत्र गएर मनपरी तरिकाले पद बिक्रि गरेर नौटङ्गी गरे।

यो सबै बुझेर सुरुमा पद लुप्त, किर्ते र भजनेहरु बाहेकका तर सानो संख्यामा अध्यक्ष कुँवरको पक्षमा थियो। बिस्तारै महतो-लामिछानेको चर्तिकला बढ्दै गयो। अनि वाक्क भएर बसेका र अभियानमा नै नरहेको आम गैरआवासीय नेपालीहरु पनि यता जोडिन र फर्की आउन थाले।

अहिले काम नै नगर्ने र स्वार्थ र पदको लागि लडाइ गर्नेहरु, बिचौलीया र धेरैजसो खराब तत्वहरु उतै छन्। खुसीको कुरा, किर्ते र फट्याईमा प्रमाणित भएकाहरु, आसेपासे, फेसबुके र गैर-एनअरएनहरु पनि उतै छन्। यक्ष कुरा त भुटानी शरणार्थीको नक्कली काण्डसँग पनि त्यहि समूह जोडिएको छ। त्यो कुरा पनि कुनै दिन खुलासा होला।

स्मार्ट सिष्टम भन्दै सदस्यता बन्दा हरेक सदस्यले मेरो सक्कली आइडी र सबै सूचना दिन तयार छु, त्यसलाई बेचे, शेयर गरे, जे जे पनि गरेहुन्छ भनेर एग्री भनेपछि मात्र सिष्टम खुल्छ। अनि त्यो स्मार्ट एप तिनै स्वार्थीहरुको नियन्त्रणमा छ। अब निटर्न एनआरएन डा महतोको सो टुकडी कति टिक्छ ? 

अबको सक्कली एनआरएनएको अभियानमा तिब्रता आएको छ। अभियानमा नरहेका र दिक्क भएका फर्की फर्की आउन थाले। सुन्दर समय अगाडी आएको छ।