एनआरएनए ११ औं महाधिवेशन संयुक्त गर्न अर्को पक्ष तयार नहुँदा ध्रुवीकरणको गोल्डेन मोड

Hollywood Khabar May 14,2023 Comments

कृष्ण के सी, अमेरिका, मे १४, २०२३ 

कुनै व्यक्तिले फेसबुकमा संस्थाका कुरामा प्रतिक्रिया दिनु सामान्य कुरा हो तर आधिकारिक होइन। पदिय रुपमा, जिम्मेवारीको हैसियतले या संस्थाले आफ्नो आधिकारिक संजालमा दिने कुरा, या आधिकारिक व्यक्तिले आफ्नो आधिकारिक सोसल मिडियामा लेख्नु आधिकारिकता नभए पनि सूचन र संचार हुन सक्छ।

निजि स्वार्थको लागि एनआरएनएका रसियन माफियाको रुपमा चिनिने संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेको एकलौटी रुपमा संघ चलाउने योजना २०१९ देखि ओरालो लाग्दै गएको थियो। तर पनि पल्केको तिल्के घरिघरी झिल्के भनेझैं उनीहरुले संस्था फुटाएर भएपनि निजिस्वार्थ बोकेर जाने योजना गरेका थिए। उनीहरुको त्यो अभिष्ट मार्च २०२२ मा गएर पुरा गरे।

अर्को तर्फ २०२२ को मार्च मा पुग्दा वास्तविक रुपमा गैरआवासीय नेपाली संघलाइ सुन्दर रुपमा अगाडी लैजान चाहनेलाइ भने गोल्डेन मोड सावित भयो। यो एउटा सुन्दर र सहि अभियानको सुरुवात गर्ने मौका पनि हो। त्यसैले जुट्ने र जुटाउने थालनी पनि सुरु भयो।

यति मात्र होइन समयले एकातिर रसियन माफिया र उनीहरुका लुर्कन, किर्ते, झुठ, फेसबुके, ढोके, सबैलाइ समुन्द्रले जस्तै किनार लगायो। अहिले त्यो समूह बिस्तारै सल्लोले सुक्खा गरेको कुरुप सिश्ने डाँडोमा परिणत हुँदै गएको छ। केहि सिप नलागेपछि फेसबुकमा सुसाउन थालेको छ। 

अर्कोतिर अर्को पक्ष बिस्तारै बड्दै गएको पहाडको उत्तिस जस्तो भएको छ। उत्तिस पहिरोमा पनि उम्रिन्छ, पहिरो रोक्छ, बगरमा पनि उम्रिन्छ भेल-बाडी रोक्छ, उत्तिस पहाड र जंगलको घारीमा पनि हुन्छ। अनि त्यहींबाट पानीको मुहान फुटाउँछ। पानीको मुहान फुटेको ठाउँमा गएर हेर्नु धेरै जसो ठाउँमा उत्तिसको बोट रहेको हुन्छ। अहिले त्यो मूलको समूह सानो तर संङ्लो मूल बग्दै गएको छ।

यसैबीच करिब एक बर्ष देखि तिनै रसियन माफियाहरुले संघको एकताको ११ औं महाधिवेशन गर्ने भन्ने फेसबुके हल्ला चलाएका थिए। त्यसमा कुनै आधिकारिकता, तयारी र औपचारिकता थिएन। तर पनि वारंबारको मौखिक अनुरोधलाइ मान्दै पुरै गयारी गर्दै हामी पनि बैठकमा गइयो।

गैरआवासीय नेपाली संघको एकताको ११ औं महाधिवेशन गर्न त्यो माफिया समूहसँग एजेण्डा नै रहेनछ। हाम्रा एजेण्डा प्रस्तुत गरियो तर उनीहरु छलफल गर्न नै तयार भएनन। उनीहरुको रित्तो ढ्याङ छर्लंङ्ग भएको छ। उनीहरु भनेका खोपडी खाली भएका रसियन माफियाका फेसबुके भजन मण्डली मात्र हुन्।

हाम्रा एजेण्डामा बैठकमा छलफल नगर्नु, आफ्नो बिषय पनि प्रस्तुत नगर्नुको अर्थ उनीहरु नक्कली थिए र गंभिर रुपमा बिषयको निराकरण गर्न आएका थिएनन भन्ने कुरा प्रमाणित भयो। यति मात्र होइन उनीहरु सहि अर्थमा गफका पिटारा मात्र हुन् भन्ने कुरा पनि प्रमाणित भएको छ। 

अन्यथा कसैले त्यो पक्षलाइ प्रश्न गरोस: 

  • १. तिमीहरुले संयुक्त बैठकमा राखेका एजेण्डा के के थिए ?
  • २. अर्को पक्षका प्रस्तुत एजेण्डाहरु के के थिए ?
  • ३. ति दुवै पक्षका एजेण्डामा छलफल भएको प्रमाण देखाउ ?
  • ४. दुबैका एजेण्डा मध्ये के के कुरामा तिमीहरु सहमत भयौ र के के कुरामा अर्को पक्ष सहमत भयो ?

अनि उनीहरुको रेडिमेड जवाफ आउने छ- हामी सम्पर्कमा छौं २/४ पटक बसेपछि अक्टुवरको अधिवेशन सकिन्छ अनि बालै सक्किगो नि। हामीले एकताको ११ औं महाधिवेशन गर्न खोजेका होइनौ। केवल उता गएको फ्लो रोक्न, हामीलाई नपत्याएकाले नाटक मात्र गरेका हौँ–इत्यादी। 

अब ठोकुवा दिएर भन्न सकिन्छ, उनीहरु ढोंगी थिए, हुन् र छन। एनआरएनहरुको एकताको ११ औं महाधिवेशन संभव छैन। अब यो केवल ध्रुवीकरणको गोल्डेन मोडमा पुगेको छ। अबको खेल रसियन माफीया भर्सेस एनआरएनहरुबीच हुनेछन। 

उसै पनि संयुक्त बैठकको अबधी मे ५, २०२३ मा नै समाप्त भएको हो। तर पनि हामीले १० दिन थप कुरेका थियौं। अब त्यो भ्रमको खेती समाप्त भएको छ। एउटा हुने र एकता हुने कुरा तत्काल संभव छैन। केवल ध्रुवीकरण मात्र चरम रुपमा हुन्छ।

स्मरणीय कुरा उनीहरुको अक्टुवरको महाधिवेशन कानुनी रुपमा रोकिने पक्का आधार छन्। त्यसपूर्व केहि व्यक्ति मानव तस्करी गरेको आरोपमा सोधपुछमा पर्ने कुरा पनि आएका छन्। नक्कली भुटानी काण्डमा रसियन माफियाका केहि व्यक्ति जोडिएको अपुष्ट कुरा आएको छ। त्यसबारे केहि थप सूचना प्राप्त भएपछि अर्को पटक खुलासा गरौँला।