एनआरएनको एकताको महाधिवेशन बकितम गर्ने बैठकमा छलफल नगर्नाले नियत प्रमाणित गरेको छ

Hollywood Khabar May 17,2023 Comments

कृष्ण के सी, अमेरिका मे १७, २०२३ 

हामी एकापक्षले गैरआवासीय नेपाली संघ-एनआरएनएको एकताको ११ औं महाधिवेशन गर्ने भनेर बकितम गरेको छैनौं लिखितम प्रतिबबद्धता जाहेर गरेका छौं। संयुक्त बैठकमा एजेण्डा प्रस्तुत गरेका हौँ अनि निर्णयको लागि छलफलमा जान अनुरोध गरेका थियौं। अर्कोपक्ष छलफलमा जाननै तयार भएन अनि आफ्नो एजेण्डा पनि प्रस्तुत गरेन।

यसका पछाडी दुइ कारण थिए, पहिलो बैठकमा आउनेहरु खोपडी खाली र निर्णाय गर्ने अधिकार नभएका निरिह प्रतिनिधि थिए। दोश्रो उनिहरुलाइ बोकाइएको कलोषित तिकडमलो झोला थियो। त्यसैले उनिहरु हल्ला र क्षणिक समाचारको लागि बकितम गर्न आएका थिए निर्णयको लागि होइन रहेछ।

एनआरएनहरुको एकताको ११ औं महाधिवेशन भनेर फेसबुक पोष्ट र मौखिक रुपमा केहि झुण्डमा बकितम गर्ने तर दुवै पक्षको संयुक्त बैठकमा एजेण्डामा नै नजाने, हाम्रा प्रस्तुत एजेण्डाहरुमा पनि छलफल नगर्नुले लामिछाने-महतो समूह अर्थात रसियन माफियाहरुको सामुहको नियत उदाङ्गो भएको छ। उदाङ्गो मात्र होइन उत्तानो नै परेको छ, अब उनीहरुले हरेक पटक गर्ने सेटिङ्ग र भ्रमले काम गर्दैन।

मुखले जे सुकै भने पनि बैठकले गरेको निर्णय नै अन्तिम कुरा हो। जब बैठकमा पुगेपछि छलफल नै नगर्ने, मन्तब्यमा सिमित गरेर समय सिमा कटाएर भाग्ने अनि दुनियाँमा बकितम गर्नु नै फट्याइंको कुरुप पक्ष हो। अब त्यो कुरुपमा पनि Mycobacterium Leprae को संक्रमण हुनाले अङ्ग क्षयीकारण हुन् सुरु भएको छ। २०२३ को जुलाई अन्त सम्म पुग्दा चौथाई खण्ड र अगष्ट अन्तसम्म पुग्दा एक तिहाइ अनि अक्टुवरमा पुग्दा अर्धाङ्ग नै क्षय हुनेछ। अन्तमा, सानिमा र काकीमाहरु अनलाइनमा सिमित हुनेछन।