गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बैठक सम्पन्न

Hollywood Khabar May 21,2023 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा जुममा बैठक बस्यो। मे २१, २०२३ आइतबार नेपाली समय अनुसार साँझ ५ बजे बसेको बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ।

बैठकमा संस्थाका गतिबिधिहरुबारे जानकारी गराउनुका साथै बिशेष गरेर नर्थ अमेरिकाको क्षेत्रीय सम्मेलनमा केन्द्रित गरियो।  बैठकले संघका सदस्यता विस्तार (लिने-दिने) कार्य र एनसीसी तथा क्षेत्रीय स्तरका गतिबिधिहरुलाइ तिब्रता दिने निर्णय गरिएको छ। 

एनसीसीहरुले २०२१-२०२३ को तत् देशबाट निर्वाचित भएका अन्तराष्ट्रिय परिषद सदस्यसंहरु सोहि संख्यामा हुनेगरी सो परिषद सदस्यहरुको ठाउँमा नयाँ मनोनित गरेर पठाउने निर्णय गरिएको छ।

संघको राष्ट्रिय महाधिवेशन र अन्तराष्ट्रिय महाधिवेशन संबन्धि नियमावली तयार गरि परिषदको अर्को बैठकमा पेश गर्नको लागि उपाध्यक्ष बाबुराम (बीआर) लामाको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिका बाँकी सदस्यहरु उहाँले समन्वय गरि थप गर्न सक्नु हुनेछ।

यसका अलावा राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदका महाधिवेशनहरुको तिथि-मितिबर पनि छलफल गरियो। 

कृष्ण के सी 

सचिव 

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

मे २१, २०२३ आइतबार