एनआरएनए ११ औं महाधिवेशन संयुक्त गर्न अर्को पक्ष तयार भएन, उपरान्त संयुक्त बैठक हुँदैन

Hollywood Khabar May 22,2023 Comments

कृष्ण के सी, अमेरिका, मे २२, २०२३

गैरआवासीय नेपाली संघ-एनआरएनए को ११ औं महाधिवेशन संयुक्त रुपमा गर्न दुइ फरक एनआरएनएहरुको पहिलो र अन्तिम संयुक्त बैठक पछि अब अर्को बैठक नहुने भएको छ।

डा बद्रि केसी तर्फको टीम अर्थात अर्को पक्षले धेरै हल्ला गर्ने, आफ्नो तयारी केहि पनि नगर्ने,  बैठकमा एजेण्डा लिएर नआउने, आफ्ना कुरा पनि नराख्ने, हाम्रा एजेण्डामा पनि छलफल नगर्ने, आफ्ना आधिकारिक धारणा सार्वजनिक पनि नगर्ने, निर्णय दिने क्षमता नभएका र संघको आधारभुत कुरा भन्दा चुनावमा कसलाई जिताउने भन्ने कुरामा धेरै केन्दित हुने उनीहरुको थियो। यो भन्दा पनि ठुलो कुरा केवल कुरामा सिमित हुने, फेसबुकमा हल्ला लेख्न मात्र तल्लिन हुने निर्णयक छलफलबाट भाग्ने भएपछि उपरान्त संयुक्त बैठक नबस्ने भएको हो। उसै पनि हामीले दिएको समय सिमा मे ५, २०२३ मा नै समाप्त भएको हो।

फेसबुकमा गफ लेख्ने तर बैठकमा नबोल्ने, बार र कफीसपमा सबै कुरा मिल्यो भनेर गफ दिने तर टुंगोमा जान कुनै पनि कुरामा अगाडी नआउने बानी अर्को पक्षको छ। त्यो कुराको प्रमाणित त उताकाहरुले केहि हप्ता पहिला युरोपमा गरेको भेलामा उदाङ्गो नै भएको छ। उपरान्त दुनियाँले नझुक्किंदा हुनेभयो फट्याइन गर्नेहरुको सड्यन्त्र र कुरुप अनुहार स्पष्ट रुपमा बाहिर आएको छ।

अझै पनि उनीहरुले गफ दिन भने छाडेका छैनन। उनीहरुलाइ कसैले प्रश्न राख्नु, एकताको ११ औं महाधिवेशन गर्न तिमीहरुका आधिकारिक धारणा र आधाराभुत कुरा के के हुन्, त्यो कहाँ छ? 

सहि मानेमा उनीहरु एकताको ११ औं महाधिवेशन गर्न चाहन्नन। बिस्तारै हामीतिर उर्लिन्दै गएको सपोर्ट देखेर डरले छट्पटाएका मात्र हुन्। अब केवल अदालतको फैसला मात्र आउन बाँकी छ। उनीहरुको गफ सुन्ने र दुनियाँलाइ दिग्भ्रमित पार्ने समयको अन्त्य भएको छ। उसै पनि किर्तेहरुका कुरा कसले मान्नु ?