नेपालको सरकार नै नक्कली शरणार्थी बनाँउदैं हिँडेपछि सक्कली शरणार्थीको गुनासो

Hollywood Khabar May 24,2023 Comments

उर्लाबारी/ नेपालको एमाले र कांग्रेस अनि माओवादी नेतृत्वका सरकारका मन्त्री, सचिव, प्रशाशन नै लागि परेर नक्कली शरणार्थी बनाँउदैं हिँडेपछि सक्कली शरणार्थीको गुनासो बढेको छ। 

नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो देश लैजान करोडौं रुपैयाँ सङ्कलन गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यो विषयले मुलुक यतिवेला गर्माएको छ । न गर्माहोस पनि कसरी ? सरकारको नेतृत्व गर्ने उच्च तहका व्यक्ति नै सक्कली भुटानी शरणार्थीको नाम बेचेर नक्कलीलाई तेस्रो मुलुक पठाउने घटनामा लागेपछि। 

बिहिवार  पथरीस्थित  भूटानी शरणार्थी शिविरमा पुग्दा,सक्कली शरणार्थीहरुको गुनासोको चाङ् थियो । नक्कली भूटानी शरणार्थी बनेर अमेरिका जाने सपनामा धेरै नेपालीले विभिन्न ब्यक्तिलाई लाखौं रकम दिएको समाचार सुनेपछि आफूहरु छक्क परेको ८८ वर्षीय वीर्खबहादुर तामाङले बताए । उनले भने, सक्कली शरणार्थीलाई नक्कलीले गर्दा समस्या परेको छ। शरणार्थी भनेको थाहा छ उनीहरुलाई ? के पुगेन र नक्कली शरणार्थी बन्नु परो। 

बेरोजगार आफुहरूको व्यवस्थापनमा कसैले साथ नदिएको तामाङले गुनासो गरे । शिविरमा बसोबास गर्नेहरूलाई शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त कार्यालय (यूनएनएससीआर) तथा अन्य दातृ निकायले दिने सेवा पनि बन्द बन्द भएकोले झनै समस्यामा गुज्रिरहेको तामाङको दुखेसो छ । ‘विश्व खाद्य कार्यक्रमले रासन दिन छाडेको पनि ६ वर्ष बित्यो,उनले भने‘अहिले शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारले लिएको छ । तर, त्यो सहयोग पर्याप्त छैन्। 

सरकारमा भएकाहरूले त नक्कलीलाई भुटानी शरणार्थी बनाएर पठाउने योजना बनाइरहेकोले कहाँबाट हाम्रो माग सम्बोधन गर्छन ?पदमबहादुर तामाङले भने। तामाङको परिवार भुटानमै छ। उनलाई अहिले पनि भुटान फर्कने पाए हुन्थ्यो भन्ने नै लाग्छ।

झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन्। भूटानी शरणार्थी शिविरका सक्कली शरणार्थीहरू भने नेपाल सरकारले नेपाली नागरिकता दिने विश्वासका साथ शिविर मै बसिरहेका छन्  ।

नेपाली नागरिकता पाउने आसमा तेस्रो देश उनै  बिर्खबहादुर तामाङले भने–भूटानी शरणार्थी भएपनि म नेपाली हुँ। अब नेपाल सरकारले टाउको लुकाउने माटो र नागरिकको दर्जा दिनुपर्छ। 

तामाङका आफन्त र नातागोता धेरै जसो पुर्नवासमा तेस्रो मुलकमा गइसकेका छन्। जेठो छोरो भूटान मै सैनिक जागिरमा छन्। माइलो र कान्छो छोरा अमेरिका लागि सके । शिविरमा अरु नातेदार कोही छैनन । 

भूटानको चिराङ,लामीडाँडाबाट खेदिएर ५७ वर्षको उमेरमा नेपाल आएका तामाङ अहिले एक्लो छन् । हजुरबाबु ताप्लेजुङको दोखु घ्याङ्वारीबाट काम खोज्ने क्रममा भुटान पुगेको तामाङले बताए । उनले भने –मेरा सबै दाजु भाइ नेपाली हुन् , म पनि नेपाली हुँ, कि मलाई भुटान फर्काइ दिनु प¥यो कि नेपाली नागरिकता दिएर नेपाल मै झुपडी हालेर बस्न दिनुप¥यो ।

वीर्खबहादुर मात्र होइन, उनी जस्ता थुप्रै पाका उमेरका शरणार्थीहरू तेस्रो देश नजाने भनेर शिविर मै बसिरहेका छन्। पुनर्वास गएका आफन्तहरूले पठाएको सामान्य खर्चमा भरमा उनीहरूको दैनिकी चलेको छ। ७७ वर्षीय भगीनन्द गुरुङले आफ्ना बाबु नै धनकुटाको पाख्रीवासबाट कामको खोजीमा भुटान पुगेको बताए। आफ्ना नातेदारहरू अझै पनि धनकुटामा रहेको बताउँदै उनले भने–म नेपाली नै हुँ, मेरो देशमा खान नपुगेपछि कामको खोजीमा देश छोडेर निस्किदा शरणार्थी बन्नु प¥यो। 

उनले तीन भाइ छोराहरू अमेरिका गए पनि आफूलाइृ स्वदेश छोडेर हिड्न मन नलागेको बताए । २५ वर्ष भुटान मै स्वास्थ्यकर्मी भएर काम गर्नु भएका भगीनन्द अहिले पनि मेडिकल पसल चलाएर बसिरहेका छन् । कान्छी श्रीमती र छोरासँग बस्दै आएका गुरुङले नेपाल सरकारसाग चिहान राख्ने माटो मात्र मागेको बताए ।

भुटानको चिराङ बुडीचु बाट खेदिएर नेपाल आई पुगेका गुरुङ अहिले सी १ को १४ नं। छाप्रोमा बस्छन् । राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) २०४५ सालमा बनाएको छाप्रामा दुखले दिन कटाइरहेका गुरुङ नेपालले नागरिकता दिनमा ढुक्क छन् । शिविरका क्याम्प सचिव चम्पासिंह राईका अनुसार शिविरमा हाल १ हजार ४४१ जना रहेका छन्। ।जसमध्ये २०४ जना शरणार्थीहरू दर्ता हुन बाँकी छन् । 

राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) ले सन् २०१६ को डिसेम्बर ३० सम्म प्रमाणिकरण भएका शरणार्थीहरू २०१९ को सेप्टेम्वर सम्म तेस्रो देशमा पुनर्वासको ब्यवस्था मिलाइदिएको थियो । राईका अनुसार उच्चायोगले प्रमाणिकरणको काम रोकिसकेको छ । शरणार्थी शिविरमा अहिले वृद्धवृद्धा, अपांगता भएका तथा कमाएर खान नसक्नेहरू बसेका छन्। तेस्रो मुलुक पुनस्र्थापनाको कार्यक्रम स्थगित छ। उच्चायोगले भुटान फर्किन चाहने, नेपाल नै बस्न चाहने र प्रमाणिकरण हुन छुटेका शरणार्थीलाई नेपाल सरकारले नै ब्यवस्थापन गर्ने भनिसकेको छ । नेपालका शिविरमा करिब ६ हजार ५०० भुटानी शरणार्थीहरू आश्रय लिँदै आएको बताइएको छ। 

सक्कली द्वारा नक्कली लाई कारबाहीको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्किएका छन्।

मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन्। वाइएफसी पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध ¥यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बाँस कपास देउ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनःस्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।