रास्वपा सम्पर्क बिभाग स्पेनको बार्सिलोना क्षेत्रीय समिती मे ३१ मा गठन हुने

Hollywood Khabar May 24,2023 Comments

राष्ट्रीय स्वतन्त्र पार्टी प्रवास सम्पर्क बिभाग अन्तर्गत बार्सिलोना क्षेत्रीय समिती निर्माणको लागी मे २१ तारीख बसेको रास्वपा शुभचिन्तक हरूको भेलाले यही मे महिनाको ३१ तारीख बुधवार सोही समय र स्थानमा आयोजना गर्नै भएको छ । हिजोको भेलाले धेरै साथीहरू कामको व्यस्थताले छुट्नु भएको र बार्सिलोनामा रहनुहुने धेरै घण्टी मित्रहरूले थप  समय दिएर उहाहरूलाई पनी समेट्नको लागी भनेपछी सबै रास्वपा मा आउन चाहने ईच्छुक बार्सिलोना निवासी दाजुभाई दिदीबहीनीहरू सग जोडिन थप आव्हान गर्दै  मे ३१ को लागी सारीएको हो ।

बार्सिलोना निवासी रास्वपा प्रवास सम्पर्क बिभाग स्पेनका सल्लाहकार एवं व्यवसायी रमेश निरौला उक्त भेलामा बोल्दै जसरी मुलुक अहीले घण्टीमय भएको छ यसलाई मध्यनजर गर्दै बार्सिलोनामा पनी हामी थुप्रै साथीहरू छौ यो बिचको समयमा सबैसग सम्पर्क गरेर मजबुद टिम बनाउने सोचका कारण जल्दी खाउ जल्दी मरौ गरेनौ उहाले भन्नुभयो । हामी बिगत १८ वर्ष देखी बार्सिलोनामा बस्दै आउदा नेपालका सबै पार्टिसग आवद्द स्पेनमा खुलेका सबैखाले भातृसंस्थाहरू लाई सहयोग गर्यौ बनायौ पनी र हेर्यौ अब यतीबेला घण्टी चिन्ह रास्वपा लाई पनी समर्थन गरेर हेरौ परिवर्तन हुन्छ की ।हाम्रो नेपाली जनताको अवस्था परिवर्तन भनेर लागेका हौ साच्चीकै देशमा आएको परिवर्तन र युवा नेतृत्व लाई साथ दिन लागेका हौ उहाले थप्नुभयो ।

उक्त कार्यक्रममा बोल्दै रास्वपा स्पेन सदस्य दिपक वस्नेत , टिकाराम कंडेल शास्त्री , धनु देवी सापकोटा, कल्पना लामा, चन्द्र कान्त पोख्रेल लगायतले केन्दीय समितीबाट बार्सिलोनामा बन्न लागेको क्षेत्रीय समिती निकै राम्रो चुस्त र सक्रिय काम गर्नै बताउनु भयो । 

कार्यक्रममा हामी पनी बार्सिलोनाबाट यस पार्टी लाई साथ र सपोर्ट गर्दै हाँक्न सक्ने थुप्रै  रास्वपा शुभचिन्तक हरूको उपस्थिती रहेको थियो । कार्यक्रमको लागी ठाउ उपलब्ध गराएर सहयोग गर्नै Dhori रेष्टुरेन्ट संचालक सरोज विष्ट परिवार लाई धन्यवाद दिईयो ।

मे ३१ तारीख हुने बार्सिलोना समिती घोषणा कार्यक्रमको पुरा विवरण । 

Dhori Restaurant and Tapas Bar

Av.parallel-180

08015 / Barcelona Spain 

Date 31 May 2023 

Time 5 pm onwards 

रमेश क्षेत्री 

महासचिव रास्वपा प्रवास सम्पर्क बिभाग स्पेन